OnlinePana

आज : २०८२ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ३२, २०८०
२२१ पटक

३२ साउन २०८०, बिहीबार

नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले गलत संगतका कारण माओवादी बिग्रिएको बताउनुभएको छ ।

‘जनतासँग माओावदी विशेष रुपान्तरण अभियान’को तीन महिने जिम्मेवारी लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आईपुग्नुभएका इञ्चार्ज यादवले आज पत्रकारहरुसँग कुराकानी गर्दै फटाहाहरुसँगको संगतले माओवादी बिग्रेको जिकिर गर्नुभयो । “युद्धको बेला माओवादीले जनताको घरदैलोमा उनीहरुसँगै भिजेर काम गर्यो,” उहाँले भन्नुभयो, “पछिल्लो एक दशकमा भ्रष्ट तथा दलालहरुसँगको संगतमा लागेर माओवादीले आफ्नो साख कमजोर बनाएको छ ।”

पदमा नहुँदा अराजक र पद पाउँदा निरंकुश बन्ने संस्कृति यसभित्र हावी भएको बताउँदै उहाँले सामुहिकतामा निर्णय गरी सेवा भावका साथ काम गर्ने जिम्मेवारी सबैको काँधमा आईपुगेको जनाउनुभयो । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने ध्येयका साथ अभियान अगाडि बढेकोले राजा नभई सेवक भएर काम गर्न नेता तथा कार्यकर्ताहरुलाई नेता यादवले निर्देशन दिनुभयो ।

पूर्वमन्त्रीसमेत रहेका यादवले गणतान्त्रिक व्यवस्थामा व्यवस्थापनको अभाव भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार कर्णालीले जनताका खाँतिर जनयुद्धदेखि संघर्ष र योगदान दिँदै आएको छ । त्यस्तै, माओवादी नेता कालीबहादुर मल्लले संस्थागत निर्णयलाई अनुशासित ढंगबाट कारवाही गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले जनताका समस्यालाई केन्द्रमा राखेर पार्टीसहित सबै संगठनहरुले मुद्दाहरुलाई साझा बनाएर हल गर्नेतर्फ लाग्नुपर्ने सुझाउनुभयो । उहाँका अनुसार भदौ ४ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्रशिक्षण भेलालाई सम्बोधन गर्न सुर्खेत आउनुहुनेछ ।

प्रतिकृया दिनुहोस्