OnlinePana

आज : २०८३ जेठ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,साउन २७, २०८० जुम्ला,
३६२ पटक

कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा जितेका सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किनु भएको छ ।
सांसद शाहीले पत्रकार भेटघाट गरेर आफु कांग्रेस पार्टीमा फर्किएको बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा सांसद शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाई विद्रोह गरेर जनताले जिताएका बताउदै अहिले पाटीमा समावेश भएको बताउनुभयो ।
उहाँले आफु निर्वाचित भएदेखीनै हाल सम्म कर्णालीको विकास र समृद्धिमा लागि रहेको बताउदै अव पार्टी, जनता र सरोकारवालाहरुको सुझावमा विकास निर्माणको काममा अगाडि बढाउने बताउनुभयो ।

पत्रकारले तपाई स्वतन्त्र भोट लिएर अहिले कांग्रेस भए भन्न राजनितिक वेईमानी होईन ? तपाई कांग्रेस फर्किदा निर्वाचनका प्रत्यासी तथा कांग्रेस कर्णाली सांसद ललितजंग शाही देखिनु भएननी ? भनेर जिज्ञासा गर्दा उहाँले म स्वतन्त्र लड्नु मेरो वाध्यता थियो । जनमत भएका व्यक्तिलाई टिकट नदिदा समस्या भएको हो, अव समय परिस्थति अनुसार सहकार्य हुने बताउनुभयो ।

शाही संसदीय निर्वाचन २०७९ मा जुम्ला प्रदेश (क) बाट कांग्रेस परित्याग गरि स्वतन्त्र उम्मेदवार वन्नु भएको थियो । सांसद शाहीले सामाजिक क्षेत्रका केही काममा आफु प्रथामिकता राख्ने वताउनु भएको छ । उहाँले निर्वाचनमा टिकट दिदा भने जनमतलाई ध्यान दिएर मात्र दिनुपर्ने उहाँको भनाई छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सांसद शाहीलाई संचार क्षेत्रको विकासमा प्रथामिकता दिन, जुम्लामा दिर्घकालिन हिंसा पिडित महिलाहरुका लागि आश्रय केन्द्र, मानवसेवा आश्रम र लागु औषध दुव्र्यसनिमा जोड दिन अनुरोध गर्नुभयो ।

पत्रकार भेटघाटमा सांसद शाहीलाई कांग्रेस केन्द्रीय समितिको वैठकले कारवाही फुकुवा समेत गरिसकेकाले जुम्लाको वैठकमा पार्टीले स्वागत समेत गरेको नेपाली कांग्रेस कर्णाली प्रदेशका सदस्य लंकबहादुर शाहीले जानकारी दिनुभयो ।

क्याप्सन : पत्रकार भेटघाटमा सांसद देवेन्द्र शाही तस्बिर नेत्र जुम्ला ।

 

प्रतिकृया दिनुहोस्