OnlinePana

आज : २०८२ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २७, २०८०
१५१ पटक

२७ साउन २०८०, शनिबार

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकमा भएका सबैखाले भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभएको छ ।

पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुग्नुभएका भट्टराईले पत्रकार भेटघाटमार्फत सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको जिकिर गर्नुभयो । अहिले ललिता निवास प्रकरणका सन्दर्भमा मेरो नाम जोडिएर आएकोले त्यसमा छानबिन गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसमा आफू पनि तयार रहेको बताउनुभयो ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘‘ललिता निवासको तीन÷चार रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियत होइन । मन्त्रिपरिषद्को निर्णय हो । छानबिनका लागि म तयार छु ।’’ कुनैपनि दलको बहमुत नभएकोले सँधै सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणासमेत उहाँले राख्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराई गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढेको औंलयाउँदै उच्चस्तरीय आयोगमार्फत छानबिन भ्रष्टाचार र अनियमतिताको छानबिन गरिनुपर्ने तर्क राख्नुभयो । संवैधानिक निकाय अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको जनाउँदै उहाँले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्