OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,साउन २६, २०८०जुम्ला,
४७० पटक

साउन २६ गते । वेपत्ता ट्रयाक्टर चालक धन गिरीलाई आफन्तले न्याय नपाईएका भन्दै वन्द गरिएको कर्णाली राजमार्गको उमगाड खण्ड खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार वेपत्ता व्यक्तिको घटनाको बिषयमा उच्च स्तरीय छानविन समिति गठन गर्ने, पिडित परिवारलाई राहातको पहल गर्ने र सर्वोच्व अदालतमा ४ दिन भित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने आफन्त सँग सहमति पछि वाटो खुलाईएको छ ।
आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाईएको भन्दै विहिवार विहानै देखी सड्क वन्द गरेका थिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की सहितका सरोकारवाला निकाय त्यहाँ पुगेर गरिएको छलफल पछि सहमति भएको थियो ।
जुम्ला चन्दननाथ नगरपालिका – ९ बयालकाटियाका धन गिरी ट्याक्टर चालक चन्दननाथ नगरपालिका – ५ कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउदै आउनु भएको थियो ।

२०७७ असोज १५ गते चालक गिरी र सहचालक एक बालक जुम्ला बजारबाट ट्याक्टरमा सरीया सिमेण्ट लिएर गुठीचौर गाउँपालिका – १ मणिसाँघुस्थित कर्ण बस्नेतको घरमा झारेको गिरीका दाई भैरे गिरीरे बताउदै आउनु भएको छ । उहाँका अनुसार अनुसार मणिसाँघुबाट फर्केर आउदा गुठीचौर गाउँपालिका – ५ लामाकार भिरबाट बेपत्ता पारिएको आफन्त बताउदै आएका छन् ।

सो घटनामा अहिले सम्म नत लाश पाईयो नत न्याय पाईयो भन्दै उनिहरुले कर्णाली राजमार्ग वन्द गरेका हुन् । भाई भैरे गिरी सहितका आफन्तले अभियूक्तलाई जिल्ला अदालत जुम्ला र सुर्खेत जुम्ला उच्च अदातलत ईजलासले सफाई दिएकोले न्याय नपाएको बताउदै आन्दोलित भएका थिए । उनिहरुले पटक पटक पत्रकार सम्मेलन गरेर न्याय नपाईएको बताउदै आएका छन् ।

गुठिचौर ४ का विमल महत सहित ४ जनाको समुहले ट्याक्टर रोकेर ०७७ असोज १५ गते राती साढे ९ बजे चढेको बताउदै उनीहरुले चालकबाट ट्याक्टरको चापी खोसेर ढुंगामुडा गरी बेपत्ता पारेको घटना विवरण रहेको छ । त्यसमा सहचालक भने भागेपछि अहिले जिवित अवस्थामै छन् । तर चालक भने अहिलेसम्म बेपत्ता रहेका छन् ।

घटना विवरणका आधारमा ४ जना विरुद्ध अपहरण गरी व्यक्ति बेपत्ता पारिएको मुद्दामा जिल्ला अदालतले ०७८ चैत २१ र उच्च अदालत सुर्खेत जुम्ला इजलासले ०८० असार ३ गते सफाई दिएको थियो ।

प्रतिकृया दिनुहोस्