OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८०काठमाडौं
६४७ पटक

साउन २४ गते / चन्दननाथ नगरपालिका – ९ बयालकाटियाका बेपत्ता पारिएका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द गरिएको छ । आफन्तले गिरीको लामो समयसम्म नत लाश नै भेटियो, नत शास र न्याय नै नपाएको भन्दै कर्णाली राजमार्ग बन्द गरिएको हो । कर्णाली राजमार्गको चन्दननाथ नगरपालिका – ९ उमगाडमा खण्डमा बन्द गरिएको छ ।
विहिबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेपछि जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन प्रभावित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बन्द गरिएको कर्णाली राजमार्ग खुलाउने प्रयास भई रहेको छ । उनले भने घटना स्थलमा सुरक्षाको टोली पुगिसकेको छ ।

    के हाे  गिरीको घटना ?
बेपत्ता चालक गिरी चन्दननाथ नगरपालिका – ५ कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउदै आएका थिए । १५ असोज २०७७ मा चालक गिरी र सहचालक एक बालक जुम्ला बजारबाट ट्याक्टरमा सरीया सिमेण्ट लिएर गुठीचौर गाउँपालिका – १ मणिसाँघुस्थित कर्ण बस्नेतको घरमा झारेको बुझिन्छ । चालक गिरीका दाई भैरे गिरीका अनुसार मणिसाँघुबाट फर्केर आउदा गुठीचौर गाउँपालिका – ५ लामाकार भिरबाट बेपत्ता पारिएको हो ।
सोही वडाका विमल महतसहित ४ जनाको समुहले ट्याक्टर रोकेर ०७७ असोज १५ गते राती साढे ९ बजे चढेको उनले बताए । उनले भने उनीहरुले चालकबाट ट्याक्टरको चापी खोसेर ढुंगामुडा गरी बेपत्ता पारेको घटना विवरण रहेको छ । त्यसमा सहचालक भने भागेपछि अहिले जिवित अवस्थामै छन् । तर चालक भने अहिलेसम्म बेपत्ता रहेका छन् ।
घटना विवरणका आधारमा ४ जना विरुद्ध अपहरण गरी व्यक्ति बेपत्ता पारिएको मुद्दामा जिल्ला अदालतले ०७८ चैत २१ र उच्च अदालत सुर्खेत जुम्ला इजलासले ०८० असार ३ गते सफाई दिएको तुलराज गिरीले बताए । उनले भने हामीले अहिले न लाश भेटाएका छौँ न शास ! दुई तहको अदालतबाट पनि न्याय पाएका छैनौ । अदालतको फैसला त्रृटिपूर्ण रहेको छ ।
तुलराजले भने प्रतिबादीले नै अदालतको बकपत्रमा भनेका छन् हामीले ट्याक्टर रोकेर चापी नियन्त्रणमा लिएका हौँ । चालक र सहचालकमाथि हातपात गरेका हौँ भनेर स्वीकार्दा पनि हामीले न्याय पाएनौँ । प्रतिवादीलाई नै सफाई दिएको छ ।
यसले गर्दा पीडित नै अन्यायमा परेर पीडकलाई उन्मुक्ति अदालतले नै दिएको तुलराजको आरोप छ । यस फैसला उपर पुर्नविचार गर्न माग गरेका छन् ।
ट्याक्टर मालिक प्रतिवादी रेणु शाहीले घटना स्थलमा रहेको ट्याक्टर प्रहरीको उपस्थिति विनै आफ्नो घरमा ल्याउनु र सहचालकलाई सत्यतथ्य बोल्न नदिनु जस्ता क्रियाकलाप भएका छन् । तुलराजले भने घटना घटेका ७ महिनापछि तातोपानी गाउँपालिका – ५ श्रीनगरको चौर नजिक तिला नदीमा शंकास्पद मानव कंगाल भेटियो । त्यो कंगाल हाम्रै मान्छे चालक धन गिरीको हो भनेर दावी गरौँ । पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईयो ।
०७८ जेठ ४ गते उमेर नमिलेको भनेर त्यो कंगाल तपाईहरुको हुन नसक्ने भनेर प्रहरीबाट प्रतिक्रिया आएको तुलराजले बताए । ९ महिनापछि त्यो कंगालको डिएनए पोजेटिभ हुन सकेन भनेर प्रतिवादीलाई जिल्ला अदालतले सफाई दियो ।
जिल्ला अदालतको फैसलापछि पुन उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गरिएको हो । तुलराजले भने उच्च सरकारी वकिल कार्यालय पुन डिएनए परीक्षणको माग गरेपछि बेपत्ता चालक धन गिरीका दाई भैरे गिरी र छोरी ऋचा गिरीको स्याम्पल लिएको हो । केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौँबाट प्रतिवेदन नआउदै मुद्दा फैसला गरी प्रतिवादीलाई सफाई दिईयो ।
डिएनए प्रतिवेदन विना पीडित पक्ष र सरकारी वकिलको मुद्दा पेश्की सार्न माग दावी गर्दागर्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासको ०८० असार ३ गतेको फैसलाप्रति आपत्ति जनाएका छन् । चालक गिरी बेपत्ता भएपछि विचल्लीमा परेका दुई छोरी र एक छोरा र श्रीमति अहिले आफन्तको संरक्षणमा इटहरीमा छन् ।

यो घटनाले न्याय नपाएको विषयमा हाम्रो पनि ध्यानाकर्षण भएको यातायात मजदुर संघ जुम्लाका अध्यक्ष हस्तराज गिरीले बताए । उनले भने यातायात मजदुरकै हकहितका लागि हामीले यो संघ दर्ता गरेका हौँ । हाम्रै सहकर्मी लामो समयदेखि बेपत्ता अवस्थामा रहेका छन् । घटनाका प्रतिवादीलाई जिल्ला र उच्च अदालतले सफाई दिएको छ । बेपत्ता चालक धन गिरीको न लाश भेटियो न शास, अदालतले पनि न्याय दिन नसकेर प्रतिवादी निर्दाेष बनायाे ।
यता उच्चअदालत सुर्खेत जुम्ला ईजलासले सफाई दिएकाे भन्नेछ, बास्तविक केहाे फैसला हेर्नुपर्छ, शाखा अधिकृत नविन केसीले बताउनु भयाे ।

प्रतिकृया दिनुहोस्