OnlinePana

आज : २०८२ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २३, २०८०
२०४ पटक

२३ साउन २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारलाई वार्षिक दश हजारलाई रोजगार दिने लक्ष्य पुरा गर्न विभिन्न निकायसँग छलफल थालेको छ ।

प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान थालेको प्रदेश सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग छलफल गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र कोषका कार्यकारी उपाध्यक्ष डा.देवराज रोका (कल्याण)सँग सोमबार यस विषयमा छलफल भयो ।

छलफलमा मुख्यमन्त्री शर्मासँग कोषका उपाध्यक्ष डा.रोकाले कर्णालीमा लगानीको अवस्था, त्यसको प्रभाव र आकर्षण कस्तो रहेको छ भन्नेबारे जानकारी लिनुभयो । यस विषयमा मुख्यमन्त्री शर्माले कर्णालीको विकासको संभावना, लगानी तथा हालसम्म भएका गतिविधिका बारेमा बताउनुभयो ।

“हामीबीच मूलतः कर्णालीमा उत्पादित जडीबुटी तथा रैथानेबालीहरुको व्यवस्थित निर्यातका लागि कर्णाली हाउस निर्माणलगायतका महत्वपूर्ण विषयहरुमा छलफल भएको भयो,” उहाँले भन्नुभयो, “यसमा कोषले प्रदेश सरकारको लक्ष्य र अभियानमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।”

मुख्यमन्त्री शर्मासँगको छलफलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.रोका, कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, कानून तथा असुली शाखा प्रमुख लोकबहादुर खड्का, कर्णाली र गण्डकी प्रदेश अनुगमन अधिकृत जनकप्रसाद पाण्डेको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्