OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन २२, २०८०जुम्ला,
३७३ पटक

साउन २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जुम्लामा आयत भईरहेको चामल अभाव भएकाले सर्वसधारणका लागि केही समय सम्मका लागि वितरण स्थगित गरिएको छ ।

कार्यालय प्रमुख निर्मल विष्टका अनुसार आर्थिक बर्ष २०७९।०८० सालमा जुम्लाका लागि प्राप्त ८ हजार ४ सय ८२ क्विन्टल चामलमा ९ सय ५९ क्विन्टल मात्रै मौज्दात रहेको छ । मौज्दात रहेको चामल मध्य ईमरजन्सी वाहेक अरुलाई वितरण गर्न नसकिने उहाँले जानकारी दिनुभयो । प्रमुख विष्टका अनुसार विपतका लागि ४९९ .७५ क्विन्टल र कारागारका लागि २८० क्विन्टल र जन्म र मृत्यूका लागि १८० क्विन्टल छुट्टयाईएको छ ।

जिल्ला खाद्य व्यवस्था समन्वय समितिको वैठकमा कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा खाद्यन्न मौज्दात नभएको जानकारी भएपछि आवश्यक २ हजार क्विन्टल माग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारको अध्यक्षतामा बसेको वैठकले मौज्दात सकिएपछि पहल गर्ने र मौज्दात भएको चामल कारागार, विपत र जन्म, मृत्यूका लागि मात्रै वितरण गर्ने निर्णय गरेको हो । वैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लामा खाद्यन्न मज्दात परिणाम न्यून भई श्रावण मसान्तमा ढुवानी हुनेगरी न्यूनतम २ हजार क्विन्टल खाद्यन्न आपुर्ति गर्नका लागि प्रादेशकि कार्यालय मार्फत केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले ८४४ जना व्यक्तिका लागि चामल वितरण गरेको छ, सरकारले जन्म र मृत्यूमा प्रति व्यक्ति २० केजी चामल दिने व्यवस्था गरे अनुसार जन्ममा ७८५ जना र मृत्यूमा ५९ जनालाई चामल वितरण गरिएको छ । यसैगरी सो चामल लिन आउने व्यक्तिलाई नियमानुसार रु चार लाख २३ हजार ज्याला रकम दिईएको छ ।

कम्पनीका अनुसार यस पटक जनतालाई विक्री ५ हजार ५ सय ४७ क्विन्टल ४१ केजी, कारागारका लागि ३०९, जन्म मृत्यूका लागि १६८.८० क्विन्टल चामल वितरण गरिएको छ । यसैगरी जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काईगाउँ डिपोका लागि १७७.६ क्विन्टल र डोल्पाको सर्मीका लागि ७५०.५ क्विन्टल चलानी गरि पठाईएको छ ।

समितिको वैशाख २० गते बसेको वैठकले आर्थिक बर्ष २०८०।०८१ क लागि १० हजार पाँचसय क्विन्टल चामल माग गर्ने निर्णय सहित सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय उत्पादनलाई बृद्धि गरि जुम्लाको रैथानेवाली मार्सीधान, चिनो, चामल, कानूनो, ओखर जुम्लाका स्थानीय निकाय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी विच सहलगानी तथा सहकार्यमा खरिद कार्यलाई अघि बढाउन प्रधान कार्यालयलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले खानामा चामल मात्रै हो भन्ने वानि हटाउन रैथाने वाली संरक्षण गरि उत्पादन बृद्धि गर्ने सचेतना गर्ने काममा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

सड्क संजाल पुगे सँगै चामलमा खासै समस्या नभएपनि सर्वसाधारणका लागि खाद्यन्नले सस्तो रुपमा वितरण गर्दै आएको छ ।यस्तै विपतमा ठूलो सहयोग तथा सरकारले जन्म र मृत्यूमा २० केजी चामल दिने व्यवस्था प्रभावकारी वन्दै आएको छ ।

प्रतिकृया दिनुहोस्