OnlinePana

आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २१, २०८०
३८२ पटक

२१ साउन २०८०, आइतबार

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा जीवनबीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । प्रदेशगत तथ्याङ्कलाई केलाउँदा बाग्मती प्रदेशको कुल जनसंख्यामा ४४.९ प्रतिशत नागरिकहरु बीमा कार्यक्रमको पहुँचमा छन् ।

कर्णालीमा चार प्रतिशत नागरिक मात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङमा छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार कर्णालीको कूल जनसंख्याको ४ प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् । बीमा प्रिमियम (शुल्क) संकलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको संख्या न्यून रहेको प्राधिरकण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकाकरी दिनुभयो ।

उहाँले भन्नुभयो, “देशका सात प्रदेशको तुलनामा जीवन बीमाको पहुँच आजका दिनसम्म पनि कर्णाली पछि छ । यसो हुनुको कारण यहाँको भौगोलिक विकटता, वित्तिय साक्षरता र जीवन बीमा कम्पनीले ग्रामीण भेकसम्म सेवा विस्तार नगर्नु हो ।” बीमा मानव जीवनको संकटको नजिकको सारथी हो भन्ने बुझाउन नसकेसम्म नागरिकहरुले बीमा नगर्ने प्रमुख सोडारीले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा सक्रिय जीवन बीमालेखको संख्या दुई लाख १७ हजार छ सय ५० रहेको छ । प्राधिकरणले कर्णालीबासीमा बीमाको पहुँच अभिबृद्धि गर्न जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता, सर्भेयर तथा क्षति मूल्याङ्कर्तासँग अन्तरक्रिया, स्थानीय तह, प्रहरी र जिल्ला समन्वय समितिसँग अन्तरक्रिया तथा छलफल अगाडि बढाएको छ ।

कर्णालीका दश जिल्लामा जीवन बीमकको शाखा र उपशाखासहित एक सय दश र पौष मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको संख्या शाखा र उपशाखासहित ४५ कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । प्रमुख सोडारीका अनुसार निर्जीवन बीमा गर्नेहरुको संख्या पनि कर्णालीमा न्यून छ ।

बीमा शुल्क संकलनलाई आधारमा मान्दा यहाँका १.४ प्रतिशत नागरिक मात्र निर्जीवन बीमाको पहुँचमा छन्,” उहाँले भन्नुभयो, “ सामुन्द्रिक, मोटर, सम्पति, कृषि बाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार आठ सय ९२ निर्जीवन बीमालेख रहेको छ ।” प्रदेशमा बीमा नीति तथा कानूनको अभाव, जनचेतनाको कमी, भौगोलिक कठिनाई, वित्तिय साक्षरता नहुनु, बेरोजगारी तथा न्यून आयस्तर कर्णालीको बीमा क्षेत्रको ठूलो चुनौति रहेको प्रमुख सोडारीले जनाउनुभयो ।

कर्णालीमा वित्तिय क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरुको न्यून उपस्थितिले पनि बीमा कार्यक्रममा नागरिकहरुको पहुँच वृद्धि हुन नसकेको बताउनुभएका उहाँले पछिल्लो समयमा प्राधिकरणले यहाँका बीमितको हितमा हुने गरी बीम कम्पनीहरुलाई परिचालन गरिने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्