OnlinePana

आज : २०८१ फागुन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २०, २०८०
४८० पटक

साउन १९ गते, भारतको उत्तराखण्ड स्थित केदारनाथको गौरीकुण्डमा आएको पहिरोमा परि वेपत्ता भएका जुम्लाका ११ जनाको विवरण खुलेको छ । पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जना सहित पातारासीका ११ जना वेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थाई प्रहरी चौकीका अनुसार वेपत्ता भएका व्यक्तिहरु मध्य जुम्ला पातारासी गाउँपालिका २ पेरे गाउँका ५५ बर्षिय धर्मराज बुढा, बर्ष २४ को चन्ने कामी, पातारासी बर्ष ३० का अमर वोहरा, उनकी श्रीमति अनिता वोहरा, ११ बर्षकी छोरी सलिता वोहरा, ९ बर्षकी छोरी पिंकी वोहरा, ७ बर्षकी छोरी प्रिति वोहोरा, ४ बर्षको छोरा जटिल वोहरा र २ बर्षको छोरा ओकिल वोहरा रहेका छन् । प्रहरीका अनुसार पातारासी ३ का ३८ बर्षिय बम वोहरा, ४६ बर्षिय सुकराम रावत रहेका छन् ।

उनिहरु वेपत्ता भई मृत्यू भएको आफन्तहरुले जानकारी दिएका प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार उनिहरु वेपत्ता भएका भारतमा रहेका चन्द्र बुढा, फुलमाया बुढा,प्रकाश कामी, शुक कामी, निरु रावत, खर्क वोहरा व्यक्तिले टेलिफोनबाट जानकारी गराएका प्रहरीले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि निरन्तर घटनाको वारेमा बुझ्ने काम भएको बताउनुभयो । उहाँले यस बर्ष पातारासीले त्यो दुखत घटना सहित मुगु र हुम्लाको पाटनमा हिम पहिरोमा परि ३ जना वेपत्ता भएका थिए । त्यो घटना नसेलाउदै फेरी भारतमा यति ठूलो विपत भएको छ ।

प्रतिकृया दिनुहोस्