OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १९, २०८०सुर्खेत
२५७ पटक

 

१९ साउन २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बीमा कार्यक्रमलाई सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘बीमा सम्बन्धी पत्रकारहरुसँगको अन्तरक्रिया” कार्यक्रममा बोल्दै योनामन्त्री सिंहले बीमाको सेवा र पहुँच वृद्धि हुने गरी प्राधिकरणअन्तरगतका बीमा कम्पनीहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बीमा सेवा प्रदायक कम्पनीहरुले सजीवन र नीर्जिवन बीमा कार्यक्रम अभियानलाई जनस्तरसम्म पु¥याउनुपर्दछ । प्रदेश सरकार यो अभियानमा सहयोग गर्न प्रतिबद्ध छ ।”

प्राधिकरणले बीमा सेवा तथा कार्यक्रमको आवश्यकता र महत्वका बारेमा जानकारी गराएकोप्रति कृतज्ञता प्रकट गर्दै मन्त्री सिंहले कर्णालीका सात सय १८ वटै पालिकामा सबैको पहुँच पुग्ने बीमाको अभियान थाल्न सुझाउनुयो । आवश्यक समस्या समाधानमा सरकारले सहजीकरण गर्ने उहाँको भनाई थियो ।

योजना मन्त्रालयका सचिव दीर्घराज पोखरेलले अर्थतन्त्रको आधार स्तम्भका रुपमा मानिने बीमा कार्यक्रमले अर्थलाई चलायमान बनाउन ठूलो सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो । “कर्णालीमा बीमा गर्नुपर्छ भन्ने आवश्यकता महसुस भएको छ तर गाउँसम्म कार्यक्रम विस्तार हुन सकेको छैन,” सचिव पोखरेलले भन्नुभयो, “बीमितहरुको भुक्तानी प्राप्तिलाई सहज बनाउन सेवा प्रदायकहरुको प्रवृतिमा समेत सुधार आउनुपर्छ ।”

प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदमप्रसाद सोडारीले बीमितहरुको निश्चित रकम कर्णालीबाटै भुक्तानी दिलाउने गरी काम भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँका जनताको जीउधन सुरक्षाका लागि धेरै काम गर्नुछ । अब ओखर र सिमीको बीमा कार्यक्रम पनि ल्याउँदैछौं ।” मौसमी सूचनाका आधारमा बनाइएको स्याउ बीमा कार्यक्रम भने निरन्तर चलिरहेको प्रमुख सोडारीले जनाउनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले दुरदराजका बस्तीमा पुग्ने गरी बीमा कार्यक्रम लागु गर्न र यस क्षेत्रमा पत्रकारहरुलाई उत्प्रेरित भएर लेख्ने वातारण तयार पार्न सुझाउनुभयो । महासंघ सुर्खेतका सचिव ललित बुढाले कर्णालीमा विट पत्रकारिताको विकास भइनसकेको जनाउँदै यस क्षेत्रको पत्रकारिताका लागि अनुशिक्षण कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्