OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १८, २०८०सुर्खेत
१९६ पटक

१८ साउन २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सञ्चालनको लागि संघीय सरकारसँग बजेट माग गरेको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालसँग आज प्रत्यक्ष भेटेर बजेट अभावका कराण प्रयोगशाला सञ्चालन हुन नसकेको भन्दै बजेट माग गरेको हो । मन्त्री भुसालसँग उहाँले मुलुकभरि महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगको रोक तथा नियन्त्रणबारे पनि ध्यानाकर्षण गर्नुभएको हो ।

लम्पी स्कीन रोग कर्णालीमा नियन्त्रण भन्दा बाहिर जाँदै गर्दा प्रयोगशाला बन्द हुनुले प्रदेश सरकारको गम्भीर ध्यानाषर्कण भएको छ,” मन्त्री भुसालसँगको भेटमा उहाँले भन्नुभयो, “यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने भएकोले आवश्यक बजेट व्यवस्था गर्न अनुरोध गर्दछु ।”

भेटमा मुलुकभरि महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले पारेको क्षति र असरका विषयमा संघीय सरकार गम्भीर रहेको मन्त्री भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “महामारीकै बेला प्रयोगशाला बन्द हुनुले संघीय सरकार गम्भीर भएको छ । यो समस्या हलका निम्ति बजेट व्यवस्था गरी प्रयोगशाला सञ्चालन ल्याउन आवश्यक काम अगाडि बढाइन्छ ।”

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुसेवा विभागअन्तरगत केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सञ्चालन सम्बन्धमा सरोकारवाला निकायसँग कुनैपनि प्रकारको छलफल नगरी अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट वक्तव्यमा प्रयोगशालाको विषय नसमेटिएको भन्दै मातहतका कार्यालयहरुको असन्तुष्टि पोखेका छन् । केही दिन अघि अर्थ मन्त्रालयले प्रयोगशालाबाट कुनैपनि आर्थिक क्रियाकलाप नगर्न परिपत्र जारी गरेपछि त्यसअन्तरगत विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाले साउन १५ गतेदेखि सेवा प्रवाह गर्न नसकिने सूचना जारी गरेका छन् ।

पशुपन्छीमा लाग्ने रोगको निदान, नियमित प्रयोगशाला सेवा, महामारीका रुपमा फैलिएका रोगहरुको नियन्त्रणका लागि आवश्यक कार्य, खोप वितरण तथा व्यवस्थापन गर्ने कार्य ठप्प भएकोले कर्णाली प्रदेश सरकारले प्रयोगशाला सञ्चालनको पहललाई तीव्र बनाएको छ ।

प्रतिकृया दिनुहोस्