OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १६, २०८०सुर्खेत
१९५ पटक

१६ साउन २०८०, मंंगलबार

‘कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरिएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको २८औं बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीलाई उक्त विधेयक सभासमक्ष टेबुल गर्न अनुमति दिनुभएको थियो । मन्त्री जिसीले सो विधेयक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम सभासमक्ष टेबुल गर्नुभएको हो ।

उहाँका अनुसार प्रदेशस्तरमा उपलब्ध जलविद्युत, नवीकरण र अन्य उर्जाका स्रोतहरुको दीगोरुपमा अधिकतम र उचित परिचालनका माध्यमबाट विद्युत उत्पादन, प्रसारण र वितरण प्रवद्र्धन गरी उमपोभक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो गुणस्तरीय सुरक्षित तथा सर्वसुलभरुपमा विद्युत सेवा उपलब्ध गराउनका लागि कानूनी व्यवस्था गर्न आवश्यक भएकोले प्रदेश सरकारले विधेयक ल्याएको हो ।

उक्त बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा उठाएका सार्वजनिक सरोकारका विषयमा मन्त्री जिसीसहित भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले क्रमशः कर्णालीको प्राकृतिक विपद् प्रतिकार्यका लागि पूर्वतयारी, आवश्यक जनशक्तिको व्यवस्थापन, सामग्रीको जोहो र त्यसमा लाग्ने बजेटसहित प्रदेश सरकार तयारी अवस्थामा रहेका बारेमा जवाफ दिनुभएको थियो ।

मन्त्रीहरुले जवाफ दिएसँगै सभामुख गुरुङले प्रदेशसभाको अर्को बैठक यही साउन २३ गते दिउसो ३ः०० बजे बस्ने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्