OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १५, २०८०सुर्खेत
२२९ पटक

दसौँ राष्ट्रिय खेलकुद : चुनौतीका चाङमाथि आयोजना गर्नुपर्ने बाध्यतामा कर्णाली !

१५ साउन २०८०, सोमबार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं.२०८१ मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय घर्किदैछ ।

खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधिन रंगशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ । यद्यपि प्रदेशका अन्य जिल्लामा भने खेलकुद पूर्वाधारको अभाव छ । खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट पनि धेरै नभएको बताइएको छ ।

डेढ वर्षपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कोशी र बाग्मती प्रदेशका खेलकुद परिषद् सदस्य सचिवहरु कर्णाली पुगेका छन् । यहाँको निर्माणाधिन रंगशालाको भौतिक संरचनाको अवलोकन गरेका उनीहरुले पत्रकार भेटघाट पनि गरे ।

प्रतियोगिताको समय नजिकिँदै गरेकोले संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले जोड दिनुभयो । “कर्णालीमा दशौं खेलकुद प्रतियोगिता हुने भएपछि सबैको ध्यान यता खिचिएको छ,” उहाँले भन्नुभयो, “निर्माणाधिन रंगशालामा ३३ खेलहरुमा २१÷२२ सम्म खेलाउन संभव हुन्छ । बाँकी खेलहरु अन्य जिल्लामा खेलाउने गरी तयारी थाल्नुपर्दछ ।”

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश रंगशालाको प्रगति उत्साहजनक भएको बताउनुभयो । “रंगशालाको अवलोकन गरियो । निर्माण कार्यको प्रगति प्रशंसा गर्नलायक छ । काम अँझै युद्धस्तरमा बढ्नुपर्दछ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्याएपनि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।”

कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशवटै जिल्लाको भौतिक संरचनाको विषयमा छलफल गर्दै आएको जनाउनुभयो । “बसाई वातावरणको सहज व्यवस्थापन हुने ठाउँमा खेल खेलाउने भन्ने गरी सोचिएको छ” उहाँले भन्नुभयो, “संरचना निर्माण रातारात भएपनि बनाउनुपर्छ भन्नेतर्फ गम्भीर भएर लागेका छौं ।”

संघीय सरकारसँग पनि धेरै पट बजेटको माग गर्दा पनि सहयोग नगरेको दुखेसो पोख्दै उहाँले सदस्य सचिव सञ्ज्यालले रंगशालाको ६० प्रतिशत भौतिक प्रगति भएको र अन्य जिल्लाहरुमा संरचनाको अभाव रहेको बताउनुभयो । यद्यपि अन्तर्राष्ट्रियस्तरमा जाने खेलहरुलाई प्राथमिकता दिइने भन्दै व्यवस्थापनको पाटोमा धेरै ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाई थियो ।

 

 

प्रतिकृया दिनुहोस्