OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,,साउन १३, २०८०जुम्ला,
६४८ पटक

साउन १२ गते । जुम्लाको हिमा गाउँपालिकाको ३ गाउँका सवै घरधुरीमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाको वडा नम्बर बड्कीका १६१ घरधुरी, ५ वटा कार्यालय गरी १६६ धारा , वडानम्बर ५ बाजगाडमा १३६ घरधुरी र वडानम्बर ६ को डाडाबाडामा ७४ घरधुरीमा खानेपानीको धारा पुरयाईएको छ ।
नेपाल सरकार हिमा गाउँपालिका, फिनल्याड सरकार, र युरोपियन यूनियनको सहयोगमा संचालन भईरहेको सवैलागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय आयोजना (सुस्वा) अन्तरगत तिनै गाउका सवै घरधुरीमा खानेपानीको पहुँच पुगेको वास संयोजक सुमिता शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बड्कीमा १६१ घबरधुरी सहित ६ वटा कार्यालयमा धारा पुगेका छन् । वडानम्बर ५ को बाजागाडा र ६ को डाडावाडा गाउँमा यस अघिनै खानेपानी पुरयाएको घोषणा गरेको स्थानीय सरकारले बड्की गाउँमा पनि सवै १६१ घरधुरी र ५ वटा कार्यालयहरुमा खानेपानी पुराएको घोषणा गरेको छ ।

वुधबार हिमा गाउँपालिकाको बड्की गाउँमा सवै घरधुरीमा धारा पुगेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा, स्थानीयवासी, सरोकारवाला निकायको उपस्थितिमा भब्य कार्यक्रमगरी खानेपानीको धाराको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बड्की गाउँका १६१ घरधुरीमा पनि खानेपानी पुरयाईएको भन्दै स्थानीय सरकारको सवैघरधुरीमा खानेपानी पुरयाईने लक्ष्य अनुसार काम भईरहेको बताउनुभयो ।

अध्यक्ष शाहीले प्रयाप्त खानेपानी नागरिक संवैधानिक अधिकार समेत भएकाले सो अभियान अन्तरगत यस बर्ष हिमाको बड्की, बाजागाडा र डाडाबाडामा खानेपानी पुग्नु निकै राम्रो उपलब्धी भएकाले सहयोग गर्ने नेपाल सरकार स्थानीवासी, सहयोगी दातृ निकायलाई विशेष धन्यवाद दिनु भयो । उपाध्यक्ष सुपर्ना शाहीले खानेपानी जनताको घरमा पुरयाउने लक्ष्य शुरुवात भएकाले यस अभियानमा सहयोग गर्ने सवै निकायलाई धन्यवाद दिनुभयो । घरघरमा खानेपानी पुगेपछि टाढा गएर पानीमा लामो समय विताउने दिन गएका भन्दै स्थानीयले धन्यवाद दिनुभयो ।


उपभोक्ता समितका अध्यक्ष पुरहादुर शाहीले खानेपानी अभावमा चिन्ता बढिरहेको समयमा सरकारले, हिमा गाउँपालिकाले, दातृ निकायले योजना बनाएर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बड्कीका सवैघरधुरीमा खानेपानी पुरयाउन अन्य सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो ।

बड्की गाउँका सवैघरधुरीमा खानेपानी पुर्याउनका लागि स्थानीयको अगुवाईमा बड्क्री खानेपानी तथा सरसफाई आयोजना शुरु गरिएकोञ थियो । जसमा अनुमानित रु एक करोड १२ लाख ६८ हजार ५९ रुपैया ३८ पैसा मध्य रु एक करोड ११ लाख ६६ हजार १९७.७ रुपैया खर्च भएको छ ।

को लागतमा सम्पन्न भएको वास संयोजक सुमिता शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बड्की गाउँमा १६१ घरधुरीका ९६७ जनसंख्या लाभान्वित भएका छन् । जसमा फोहोर फाल्ने खाडल २९ घरधुरीमा, हातधुने स्थान ११० घरधुरीमा, भाडा सुकाउने चाङ १०५ वटा निर्माण गरिएका छन् ।
क्याप्सन ः हिमा गाउँपालिकाका घरधुरीमा खानेपानीका धारा उद्घाटन गर्दै अध्यक्ष लक्ष्मण शाही तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्