OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ११, २०८०
२८४ पटक

११ साउन २०८०, बिहीबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विद्येयक’ प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

परियारले विद्येयक प्रमाणीकरण गरेसँगै ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ मा रुपान्तरण भएको । ऐन बनेपछि अब भने कर्णाली प्रदेश सरकारलाई काम गर्ने बाटो खुलेको छ । यही साउन ८ गते कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको २६औँ बैठकबाट प्रतिष्ठान विधेयक सर्वसम्मतले पारित भएको थियो ।

 

प्रतिकृया दिनुहोस्