OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ८, २०८०सुर्खेत
१६९ पटक

८ साउन २०८०, सोमबार

कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औं बैठकबाट उक्त विधेयक पारित भएको हो । सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीलाई समग्रमा विधेयक पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिएसँगै सभामा प्रस्ताव गरिएको उक्त विधेयक सर्वसम्मतिले पारित भयो । पारितपश्चात् सो विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ रुपान्तरण भएको सभामुख गुरुङले जनाउनुभयो ।

त्यस्तै, प्रदेशसभाअन्तरगत प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आर्थिक वर्ष ०७९÷०८० को समग्र विवरणसहितको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो ।

त्यसैगरी, आज बसेको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले कामको सिलसिलामा भारतको गढवालमा यही साउन ५ गते गुराँस गाउँपालिका १ दैलेख छेप्की गाउँका एकाघरका तुलबहादुर र दलबहादुर ढेङ्गा मगर र छिमेकी पूर्णबहादुर तारामी विषालु च्याउ खाएर मृत्यु हुँदा घरपरिवारमा बिचल्ली भएको बारे सरकारको ध्यानाकर्षण गर्नुभयो । मृतकहरुको काजक्रिया र उनीहरुका बालबालिकाको आवश्यक व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सोही समयमा प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्ला तथा कर्णाली लागुऔषधले आक्रान्त बनेको बताउँदै त्यसकै दुश्परिणामका कारण साउन ५ गते जुम्लामा सात घर र एक ट्रयाक्टर जलाउने काम भएको बताउनुभयो । प्रतिबन्ध नभएको तर लागुऔषध प्रयोगकर्ताहरुले सजिलै प्रयोग गर्नसक्ने औषधि प्रतिबन्ध लगाउन आग्रह गर्दै उहाँले यसको रोकथाम प्रहरीमा सीमित नराखी प्रदेश सरकारले नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्