OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २, २०८०जुम्ला,
२१८ पटक

साउन २ गते । जुम्लामा नून सहजै नपाएको भन्दै नागरिकले डिपोमा तोडफोड भएपछि वडामा नून पठाउन तयारी गरिएको छ ।
स्थानीय प्रशासनले नूनको व्यवस्थापन प्रभावकारी वनाउन वडामै पठाउने तयारी गरेको जानकारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाको बिषयमा नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लालाई बुझिएको र प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन गरिएको जानकारी दिनुभयो । उहाँले यो भन्दा पहिला पनि वडामा पठाउने निर्णय भईसकेकाले वडावाटै वितरण गर्दा मानिसहरु जिल्ला सदरमुकाम आउनुनपर्ने र सजिलो भएकाले वडामा नून पठाउनेतयारी गरिएको हो ।

नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले अव वडाको समन्वयमा वडामै वितरण गर्न कार्यान्वन गर्ने बताउनुभयो । उहाँका अनुसार लाईनमा लागेका व्यक्तिहरुले डिपोमा ढुंगामुढा गरेका थिए । नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नून वितरण भईरहेको समयमा ढुंगामुढा भईरहेको जानकारी दिनुभयो । असार ३१ गते सदरमुकामको डिपोमा नून वाडिरहेका समयमा तोडफोड भएको थियो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन वाडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको र नागरिकलाई सहज नून पाउने व्यवस्थापन गर्न स्थानीय सरकार सँगको समन्वयमा अगाडि बढाईने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नूनको अभाव खासै नभएको तर व्यवस्थापनका बिषयमा ध्यान दिन ढिलाई भएकाले स्थानीय तहले यस बिषयमा जोड दिन आवश्यक रहेको छ ।
नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लका अनुसार गत बर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नून स्किृत भएपनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नून थप भएकाले अभाव देखिदैन । उहाँले सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको सिंजा क्षेत्रबाटै वितरण गरिदै आइईरहेका छन् ।

हाल जुम्लाको सदरमुकाम खलंगामा भएको नेपाल खाद्य सस्थान कार्यालयबाट चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका नागरिक आएर नून वितरण गरिदै आएका छन् ।

पातारासीमा नूनको डिपो राख्न सुनुवाई भएन :

पातारासी गाउँपालिकामा नूनको डिपोको आवश्यकता रहेको भन्दै विभिन्न चरणमा माग राख्दै आएपनि कार्यान्वयन हुन सकेको छैन् । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले डिपो नहुदा पातारासी गाउँपालिकाले पटक पटक पहल गरेपनि सुनुवाई नभएको बताउनुभयो । जिल्ला स्तरबाट माथिल्लो निकाय सम्म सो विषय पुगे पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । पातारासी गाउँपालिकामा राजमार्ग भन्दा टाढा भएपनि सरकारले नून र खाद्यन्नको विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
क्याप्सन ः जुम्लामा नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा नूनका लागि लागेको तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्