OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०८०सुर्खेत
३२३ पटक

१ साउन २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने ‘छिन्चु–मेहलकुना औद्योगिक करिडोर”को स्थलगत अध्ययन गर्नुभएको छ ।

उहाँले आज भेरीगंगा नगरपालिकाको छिन्चु–मेहलकुना औद्योगिक करिडोरको अध्ययन तथा निरीक्षण गर्नुभएको हो । अध्ययनपश्चात् मेहलकुनामा आज आयोजित ’छिन्चु मेहलकुना औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन’ विषयक बृहत् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णालीको औद्योगिक विकास हुन सनकेको जनाउनुभयो ।

“कर्णाली कसरी निर्माण गर्न सकिन्छ भन्ने कोणबाट अध्ययन, अनुसन्धान गरी साधन स्रोतहरुको परिचालन गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “तसर्थ कर्णाली आर्थिक समृद्धिमा कसरी जान सक्छ भन्नेमा हामी गम्भीर हुनैपर्छ ।” अहिले पनि कर्णाली घट्ट, जाँतो, कुटो, कोदालोको त्यो परम्पागत युगभन्दा माथि उठ्न नसकेको जनाउनुभयो ।

मुलुकमा व्यवस्था बदलिएपनि अवस्था नबदलिएको भन्दै मुख्यमन्त्री शर्माले कर्णालीलाई आर्थिक समृद्धिको युगमा लैजान सबैले जिम्मेवारी र दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक सम्पन्नता र सामाजिक न्यायले मात्र समाजलाई सुखी बनाउन सकिने उहाँको भनाई थियो । उहाँले कर्णालीमा तत्काल काठको उद्योग खोल्नतर्फ अग्रसर रहेको बताउनुभयो ।

भेरीगंगा नगरपालिका १२ सुर्खेतको रामजानकी सामुदायिक वन क्षेत्रमा रहेको औद्योगिक करिडोरको स्थलगत अध्ययन मुख्यमन्त्री शर्मा, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, उद्योग, पर्यटन, सामाजिक मन्त्री खड्गबहादुर पोखरेल, वन तथा वातावरणमन्त्री कृष्ण बिसी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखलगायतले गर्नुभएको थियो ।

करिडोरको जग्गा खोजीका लागि अनुगमन तथा निरीक्षण भएको बताइएको छ । पर्यटकीय संभावना बोकेको उक्त करिडोर औद्योगिक हिसाबले अँझ बढी महत्व भएको बताउँदै उहाँले यसको विकास गर्न सकिए कर्णालीको अर्थतन्त्रमा सहयोग पुग्ने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्