OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीसाउन १, २०८०सुर्खेत
३११ पटक

१ साउन २०८०, सोमबार

कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक विदा दिइएको जनाएको छ । कर्णाली प्रदेश सरकारको विसं.२०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार आज प्रदेशभर सार्वजनिक विदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिनुभयो ।

कर्णालीको ऐतिहासिक साँस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने संक्रान्ति अर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ । बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाईने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ ।

त्यस्तै, यहाँका नागरिकहरुको सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे लय, गीत र शारीरिक हाउभाउबाट प्रकट गर्न मनोरञ्जनात्मक तवरले खेलिने देउडा सुर्खेत वीरेन्द्रनगर र जुम्ला खलंगामा विशेष कार्यक्रमका साथ सम्पन्न हुने कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा खेल्ने साँस्कृतिक प्रचलन रहिआएको छ । यहाँस्थित घण्टाघर नजिक आज साँझ ७ः०० बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्