OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३१, २०८० जुम्ला,
११०४ पटक

जुम्ला, असार ३१ गते । जुम्लाको तातोपानी गाउँपालिका दुर्गा माध्यामिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तकको रकममा पादर्शिता नगरेको भन्दै आन्दोलित भएका छन् ।
उनिहरुले विद्यालयले पाठ्यपुस्तक किनेर विद्यार्थीले पाउने रकममा कम दिन खोजेपछि आफुहरु वेथितिको विरुद्ध आन्दोलित भएको बताएका हुन् । दुर्गा मा.वि लाम्राका कक्षा १० मा अध्ययनरत विद्यार्थी शुशिल नेपालीले कक्षा १० मा अध्ययनरत प्रति विद्यार्थीले पाठ्यपुस्तक किनेको विल अनुसार रु पाँचसय पाउनु पर्नेमा रु २१५ रुपैयामा मात्र दिने भनेपछि ईन्कार गरि आन्दोलन गरिएको बताएका हुन् । उनिहरुले अन्य कक्षामा पनि कम लिन भनेपछि विरोध गरेका हौ ।

दुर्गा माविका विद्यार्थी विद्यार्थी शुशिल नेपाली र शक्ति कामीले सरकारले निशुल्क पाठ्यपुस्तक दिने भनेपनि विद्यार्थीले किनेको पाठ्यपुस्तकको विल अनुसारको रकम नपाएको गुनासो गरेका छन् । शुशिलले हामी विद्यार्थीहरु गाउँपालिकामा समेत गएपनि समस्या सामाधान नभएको बताएका छन् । उनका अनुसार सो विषयमा दिनभर विद्यालयमा आन्दोलन गरेपनि सुनुवाई भएको छैन् ।

विद्यालयमा ७२, गाउँपालिका ७५ प्रतिशत रकम :
विद्यार्थीको पाठ्यपुस्तकको रकम विषयमा पारदर्शी नभएको भन्दै विद्यार्थीले आवाज उठाईरहेको समयमा विद्यालय र गाउँपालिकाको तथ्यांक मिलेको छैन् । विद्यालयले उपलब्ध गराउने छात्रबृत्तिको तथ्यांकमा ७२ प्रतिशत निकासा गरेको प्रमाण सार्वजनिक भएको छ । तर गाउँपालिकाले ७५ प्रतिशत रकम पठाएको जानकारी गरेको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीका अनुसार गाउँपालिकाले ७५ प्रतिशत रकम पठाएको टेलिफोनमा जानकारी दिनुभयो ।

यता विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले गाउँपालिकाबाट ७२ प्रतिशत रकम प्राप्त भएको बताउनुभयो । गाउँपालिकाले शुरुमा ७२ प्रतिशत भन्यो अहिले ७५ प्रतिशत भनिरहेको छ । उहाँका अनुसार आर्थिक बर्ष २०७९।८० को ६ देखी १२ कक्षाको ३८६ जना विद्यार्थी रहेका छन् । उहाले मंशिरमा गरेको अनुगमनमा परीक्षाको समयमा गाउँपालिकामा टाउको गनेको थियो, कोही विद्यार्थी वाहिर थिए त्यही भएर कम पठाईएको होला ।

यता विद्यार्थीहरुले विद्यालयले ७२ प्रतिशत रकम दिन डकुमेन्ट बनाएपनि कम दिन खोजेको बताएका छन् । उनिहरुले सो समस्या सामाधान नगरेमा थप आन्दोलन गर्ने बताएका छन् । तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले आफुलाई विद्यालयले पाठ्यपुस्तकको पाउनु पर्ने सवै रकम पठाईसकेको शिक्षा शाखाले जानकारी दिएको बताएका छन् । यता विद्यार्थीले आफुहरुले सवै रकम पाउनुपर्ने दावी गरेका छन् । उनिहरुले गाउँपालिकाले ७५ प्रतिशत पठाएको, विद्यालयले ७२ प्रतिशत  भनेको तथ्यांक नमिलेको र ७२ प्रतिशत अनुसारको रकममा पनि कम दिन खोजिएको बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्