OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २४, २०८०
२८२ पटक

२४ असार २०८०, आइतबार

कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८० अनुसार तीन जना पत्रकार पुरस्कारका लागि सिफारिस भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरे संयोजकत्वको सिफारिस समितिले आज कर्णाली प्रदेश पत्रकारिता पुरस्कारका लागि रातोपाटी अनलाईमा कार्यरत पत्रकार पंखबहादुर शाही, अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार हिक्मत नेपाली र ग्यालेक्सी फोर के मा कार्यरत पत्रकार भक्तबहादुर शाहीलाई सिफारिस गरेको हो ।

पत्रकार पंखबहादुर र भक्तबहादुर शाही ठाँटीकाँध गाउँपालिका १ दैलेखका हुनुहुन्छ । परियार पनि दैलेख डुंगेश्वर गाउँपालिका २ का रहनुभएको मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकारिता पुरस्कारका लागि सिफारिस भएका तीनजनालाई प्रदेश सरकारले जनही रु.५०÷५० हजार प्रदान गर्नेछ । ्

प्रतिकृया दिनुहोस्