OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १८, २०८०
१७५ पटक

१८ असार २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताउनुभएको छ । हाम्रो विकासले विनास ल्याउँदा त्यसलाई रुपान्तरण भन्ने नसकिने उहाँले बताउनुभयो ।

आज सुर्खेत वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा बोल्दै उहाँले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा जोड दिनुभयो । “राज्य दीर्घकालीन विकासतर्फ अग्रसर नभई अँझै प्रक्रियामै अल्झिरहेको छ,” उहाँले भन्नुभयो, “हाम्रो राजनीति गर्ने तवरसमेत पछौटेपनमा आधारित छ । जहाँ एक दलले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेको अवस्था छ ।”

हाम्रो दृष्टिकोण र सोचले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको तर्क गर्नुभएका मुख्यमन्त्री शर्माले जल, जंगल, जडीबुटी र प्रकृतिले धनी क्षेत्रको स्रोतको बेलैमा सदुपयोग गर्न सकिए कर्णाली एक्लैले सिंगो मुलुकलाई पाल्न सामथ्र्य राख्ने दावी गर्नुभयो । उहाँले अहिलेसम्म बनेका ऐन नियमहरुमा देखिएको अन्तरविरोधलाई हटाएर ती सबै परिणाम देखिने गरी कार्यान्वयनमा ल्याउनतर्फ लाग्नुपर्ने जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्