OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १७, २०८०सुर्खेत
२३६ पटक

१७ असार २०८०, आइतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परिणाम देखिने गरी काम गर्न प्रतिवद्ध भएको बताउनुभएको छ ।

वितरणमुखी योजनाले विकासका नाममा बद्नाम मात्र हुँदै गएको संकेत गर्नुभएका मुख्यमन्त्रीले आज बसेको प्रदेशसभाको दोस्रो अधिवेशनकको सत्रौं बैठकमा सरकारको धारणा राख्दै सदनमै हरेक विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आवश्यक सल्लाह गरेर अगाडि बढ्ने जनाउनुभयो ।

एकता भएर मात्र कर्णालीवासीको विकास र उन्नयन हुने उहाँको भनाई थियो । “हामीको सबैको दुश्मन भनेको गरिबीको हो,” उहाँले भन्नुभयो, “कर्णालीको समृद्धि र विकासका लागि सबै एकमत भएर जानुको विकल्प छैन, ।” मुख्यमन्त्री शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायबाट मात्र समृद्धि संभव रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रम र बजेट अध्ययन गरी कर्णालीका बस्ती र आवश्यकताहरु नियाल्दै गर्दा बजेट र आवश्यकताबीच अन्तर विरोध रहेको बताउनुभएका उहाँले भन्नुभयो, “यसबाट माथि उठेर कसरी समाधान खोज्नुपर्छ । हाम्रा आवश्यकता धेरै छन् तर ती आवश्यकताभित्र सबैभन्दा अपरिहार्य कुरा के हो भन्ने बुझेर त्यसमा प्र्राथमिकीकरण दिँदै बजेट विनियोजन गर्नुपर्दछ ।”

कर्णाली प्रदेशमा बनेका सडक र भवनहरु गुणस्तरहीन् भएको भन्दै मुख्यमन्त्री शर्माले अब बन्ने भवनहरु रु.३० लाख भन्दा कम बजेटमा नबन्ने प्रष्ट्याउनुभयो । संघ तथा प्रदेशले अन्ततः स्थानीय तहमै बजेट दिएकोले अब तीनै तहका जनप्रतिनिधि बढी जिम्मेवार भएर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्