OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रध्यापक आन्दोलित

तालावन्दी देखी चिकित्सकीय सेवा वन्द गरिने

नेत्र शाही ,आषाढ १७, २०८०जुम्ला,
६६२ पटक

असार १७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरु आन्दोलित भएका छन् । आफुहरुलाई स्थायित्व हुनुपर्ने माग गर्दै कालोपट्टी हातमा वाधेर आन्दोलित भएका हुन् ।

प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापनपत्र दिएपनि वेवास्ता भएको भन्दै हातमा कालोपट्टी वाधेर कर्णाली प्रतिष्ठानमा पहिलो दिन काम शुरु गरेका छन् । उनिहरुले आज विहान देखी हातमा कालोपट्टी वाधेर एक हप्ता सम्म काम गर्ने, तालावन्दी गर्ने, र चिकित्सकीय सेवा वन्द गर्ने सहितका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

प्रध्यापकहरुले सार्वजनिक गरेको कार्यक्रममा २०८० साल असार १७ देखी २३ गते सम्म कालो पट्टी वाधेर सेवा सुचारु गर्ने, असार २४ देखी साउन ६ गते सम्म तालावन्दी सहितको रिले अनसन कार्यक्रम र २०८० साउन ७ देखी अनिश्चितकालिन आकस्मिक चिकित्सकीय सेवा वाहेक सवै प्रकारका सेवाहरु वन्द गने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

प्रतिष्ठानका चिकित्सकले आवश्यक सहयोग तथ समन्वय गरिदिन हुन भनेर सार्वजनिक गरेको विज्ञेप्तिमा भनिएको छ, यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल करारमा कार्यरत सम्पूर्ण संकायका अध्यापक, प्रध्यापकहरुले संस्थाको स्थायित्वका लागि प्रशासनमा २०८० जेठ १५ गते ज्ञापनपत्र वुझाईएको, नेपाल सरकारकाका प्रधानमन्त्री समक्ष २०८० जेठ ३ गते दर्ता गरिएको साथै सहकुलपतिलाई समेत ज्ञापनपत्र बुझाएका छौ । यसका साथै विभिन्न समयमा उपकुलपति, रजिष्ट्रारको कार्यालय, निर्देशक तथा डिनको कार्यालयमा माग बुझाईएको र जिल्ला स्थित स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिकामा समेत ध्यानाकर्षण गरिएको छ ।

प्रध्यापकहरुले  स्थायित्व नभएका कारण प्रतिष्ठानकै स्थायित्वमा चुनौति थपिएको भन्दै स्थायित्वका लागि आन्दोलन थालेका हुन् । प्रध्यापकहरुको आन्दोनका बिषयमा प्रध्यापक डाक्टर शेषानन्द संजेलले यहाँको जनशक्ति स्थायी भएमा मात्र कर्णालीले न्याय पाउने बताउनुभयो ।

प्रध्यापकहरु आन्दोलित भएको बिषयमा प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले यो बिषय निरन्तर सरकारलाई पहल गरेपनि हाल सम्म नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यस पटक बजेटमा चरम अन्यायमा कर्णाली प्रतिष्ठान परेकोमा सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्नुभयो । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक र प्रध्यापक मात्रै ८८ जना जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्