OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०८०सल्यान,
३९१ पटक

१५ असार २०८० शुक्रबार

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले सल्यान जिल्लामा पहिलोपटक धान राेप्ने मेसिन Mini Rice Transplanter द्वारा धान राेपेर उद्धघाटन गर्नु भएको छ।

मन्त्री शर्माले २० आै राष्ट्रिय धान दिवसको अवसरमा शारदा नगरपालिका २काे एकहत्तर जिउलाेमा पहिलोपटक Mini Rice Transplanter द्वारा धान राेपाई गरेर उद्धघाटन गर्नु भएको हाे। कृषि बिकास कार्यालय सल्यान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानकोआयोजनामा सञ्चालन गरिएको राेपाई महाेत्सवमा २०आै राष्ट्रिय धान दिवसको राष्ट्रिय नारा जलवायु अनुकुलित कृषि मैत्री प्रविधि, उत्पादन बृद्धिकाे मुल मर्म र उदेश्य अनुरुप पहिलोपटक सल्यान जिल्लामा कृषक मैत्री प्रविधि भित्र्याउन सफल भएकोले प्रबिधि सगै प्राविधिक ज्ञान हुन अावश्यक हुनु पर्ने बताउनु भयाे।

प्रतिकृया दिनुहोस्