OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०८०जुम्ला
१९४ पटक

१२ असार २०८०, सोमबार

तिला गाउँपालिका ३ जुम्ला कुडारी बजारका दुई सय घरधुरीमा खानेपानीको चरम अभाव देखिएको छ ।

करिब एक वर्षदेखि उक्त बजारका स्थानीयले खानेपानीको अभाव झेल्दै आएका छन् । खानेपानीको नाममा बजार भएर बग्ने नजिकको खोलामा भएको मूल विसं.२०७९ असोज १९–२३ गतेसम्मको अविरल वर्षापछि आएको भीषण बाढीले बगाएर लगेपछि त्यहाँका स्थानीयहरु शुद्ध खानेपानी पिउने अधिकारबाट बञ्चित भएका हुन् ।

कुडारी बजारसहित सरस्वती प्राविधिक माध्यमिक विद्यालय कुडारी जुम्लामा खानेपानी भएकाे स्थानीय धनबहादुर हमालले  जानकारी दिनुभयो । “बाढीले मूल बगाएर लगेदेखि हामी त्यही खाेलामा रहेकाे दुषित नाउलाेकाे पानी खान बाध्य भएका छौं,” उहाँले भन्नुभयो, “यस विषयमा यहाँको स्थानीय सरकारलाई राम्रोसँग थाहा छ तर पनि यहाँका नागरिकको समस्या सम्बोधनमा ध्यान दिएकाे देखिदैन ।”

स्थानीय दीपेन्द्र हमालका अनुसार पानी आइरहेपनि त्यसकाे व्यवस्थित सञ्चालन हुन नसकेकाे बताउनुभयाे । व्यवस्थापनका लागि खानेपानीमा स्थानीय सरकारले थाेरै मात्र लगानी गरे भइहाल्ने उहाँकाे भनाई छ । बजार सरसफाइका लागि रु ५० हजार बर्सेनी पालिकाबाट बजेट छुट्याउँदा त्याे बजेट झाराे टार्ने बाहेक अरु केही नभएकाे स्थानीय आराेप छ ।

उक्त वडाका वडाध्यक्ष धनबहादुर शाहीले खानेपानीकाे अभाव नभएकाे तर कतिपयकाे घरमा धारा जडान नभएकाे बताउनुभयाे ।” गत वर्षपनि मैले खानेपानीका लागि रु‍ एक लाख बजेट छुट्याएकाे थिए कामै नगरेर फ्रिज गयाे” उहाँले  भन्नुभयाे “एक घर एक धारा छ पानी नै नभएकाे भन्ने हाेइन त्यसलाई सिस्टममा चलाउन नसकिएकाे हाे ।”

सफा एवं स्वच्छ पानी पिउन नपाउँदा उनीहरुलाई विभिन्न रोग लाग्ने चिन्ताले पिरोलेको छ । मानव जीवनको स्वास्थ्य जस्तो संवेदनशील विषयसँग जोडिएको खानेपानीका विषयमा यहाँका सरोकारवालाहरु कसैलाई चासो चिन्ता नरहेको स्थानीयले दुखेसो व्यक्त गरेका छन् । उनीहरुले कुडारी बजारको नागरिकहरुको स्वच्छ पानी पिउने अधिकार सुरक्षित गर्न वडा तथा गाउँ सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्