OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ९, २०८०जुम्ला,
२०७ पटक

जुम्लाको चन्दननाथ नगरपालिकाले निति, कार्यक्रमका लागि पहिलो पटक सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।
नगरपालिकाले सरोकारवाला निकायहरु सँग नगरको विकास र समृद्धिमा कस्ता निति कार्यक्रमहरु पर्लान भन्ने बिषयमा सुझाव संकलन गरेको हो ।

शुक्रवार नगरप्रमुख राजुसिंह कठायतको अध्यक्षतामा कार्यपालिका सहित सरोकारवाला निकायबाट राय संकलन कार्यक्रममा चन्दननाथले पहिलो काम सफा शहर वनाउने काममा जोड दिईनुपर्ने सुझाव बढि आएको छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सफाशहर नै नगरको पहिलो निति वनाउन सुझाव दिनुभयो । उहाँले दोस्रो नगरको गुरुयोजना कार्यान्वयन गरेर कुरुपबाट जोगिनुपर्ने र नयाँ सड्कहरु निर्धारण गरिनुपर्ने, चौथो जिल्लामा पर्यटन सूचना केन्द्र स्थापना गरिनुपर्ने बताउनुभयो । उहाँले भौतिक संरचना अपांगता, वालमैत्री वनाईने निति, जिल्लामा मानवसेवा आश्रम सहित सामाजिक काममा प्रथामिकता दिईनुपर्ने सुझाव दिनुभयो । नगरको संचार निति वनाईनुपर्ने, पत्रकारहरुको क्षमता अभिबृद्धि तालिममा जोड दिईनुपर्ने काममा जोड दिनुभयो ।
अधिबक्ता तथा स्थानीय तह २०७९ को निर्वाचन चन्दननाथ नगरपालिका नगरप्रमुखका प्रत्यासी पदमबहादुर शाहीले पहिलो विषय फोहोर व्यवस्थापन रहेको बताउनुभयो । उहाँले नगरपालिकाले नयाँ बन्ने बस्तिहरु नमूना बनाउने निति लिनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले भूउपयोग निति, वसपार्क व्यवस्थापन, जुँगाडखोला व्यवस्थापन, लागु औषध दुब्र्यसनी विरुद्धको सचेतना अभियान नितिमा जोड दिन सूझाव दिनुभयो ।

समाजवादी पार्टीका अध्यक्ष दयादत्त हमालले नदि दोहोन कम गर्नेमा जोड दिईनुपर्ने, स्थानीय उत्पादनमा जोड दिईनुपर्ने बताउनुभयो । जिल्ला वन कार्यालयका प्रमुख दिनेशजंग खत्रीले हरियाली शहर र एक घर एक विरुवा अनिवार्य निति ल्याउन सुझाव दिनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले विशेष क्षेत्रमा कृषि पकेट अवधारणा निति हुनुपर्ने बताउनुभयो । उहाँले अगानिक जिल्ला जुम्लालाई थप शशक्त वनाउने कार्यक्रम र निति हुनुपर्ने जोड दिनुभभयो ।
ज्येष्ठ नागरिक पुरिनाथ न्यौपानेले धार्मिक पर्यटकीय धरोहर चन्दननाथ मन्दिरको संरचना ज्यूलो र कुलो जोगाउने निति ल्याउन सूझाव दिनुभयो ।
नगरप्रमुख राजुसिंह कठायतले सरोकारवाला व्यक्तिहरुबाट राम्रा र छुटेका बिषयमा आउन सक्ने कारणले सूझाव संकलन कार्यक्रम गरिएकोमा जोड दिनुभयो । नगरउपप्रमुख रामदेवी खड्काले निति कार्यक्रम तयारी भएकाले समृद्ध नगरका लागि सरोकारवाला निकायको राय संकलन गरिएको र महत्व राख्ने विषय नितिमा समेटिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्