OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ७, २०८०
३४४ पटक

असार ७ गते । संसदमा नाग्म गमगडि नाक्चेलाग्ना सडकका लागि विनियोजन भएको बजेट कम भएको बिषयमा ध्यानाकर्षण गरिएको छ ।
प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा तामाङले नाग्म(गमगडि(नाक्चेलाग्ना सड्कका लागि सरकारले रु ३५ करोड विनियोजन गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै बजेट कम भएको ध्यानाकर्षण गर्नु भएको छ । उहाँले यस पटक सरकारले रु ३५ करोड विनियोजन गरेकोमा धन्यवाद दिदै, उक्त बजेटले प्रति बर्ष जम्मा १५,२० किलोमिटर मात्रै सड्क निर्माण हुन सक्ने भएकाले २० बर्ष लाग्ने भन्दै संसदमा सरकारको ध्यानाकर्षण गरिएको हो ।

उहाँले संसदमा भन्नुभयो, यस्तै बजेटले के अव कर्णालीमा समृद्धिका लागि २० बर्ष कुनुपर्ने हो त ? सांसद लामाका अनुसार पर्यटननै आर्थिक क्रान्तिको हतियार वन्नेमा दुई मत नभएको बताउदै सिंजा सभ्यता–रारा– र छायानाथ जस्ता देशकै गौरव वोकेका पर्यटकीय स्थल पर्दछन् । उहाँले संसदमा कर्णालीको मेरुदण्डको रुपमा रहेको यस सड्कलाई प्रथामिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउदछु ।

उहाँले कर्णाली प्रदेशको चीन सँग पुग्ने सडक नाग्म–गमगडि नाक्चेलाग्नाका लागि जोड दिन आवश्यक भएको छ । विगत १७ देखी निर्माणाधिन उक्त सडक निर्माण भईरहेको उक्त सड्कलाई प्रथामिकता दिईनुपर्ने बताउनुभयो ।

सरकारले यस पटक यस सडकलाई जम्मा ३५ करोड जुम्ला सड्क मार्फत काम हुने गरी विनियोजन गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टका अनुसार कालिकोट जुम्ला र मुगु खण्डका लागि उक्त रुकम विनियोजन भएको हो ।

प्रतिकृया दिनुहोस्