OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ५, २०८०सुर्खेत
१५६ पटक

५ असार २०८०, मंगलबार

कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारवाही गरेको छ ।

आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारवाही गरिएको बताउनुभएको हो । कारवाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरेपनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा नरहेका कर्मचारीलाई कारवाही गरेको जनाएको छ ।

उपाध्यक्ष शाहीले भन्नुभयो, “तल्लो तहका कर्मचारीले बजेट निर्माणमा आर्थिक मामिला मन्त्रीलाई दबाब र प्रभाव पार्न खोजिएको छ । ती कर्मचारीले दिएको अभिव्यक्ति र संवाद आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र हो । आर्थिक मामिला मन्त्रीको अभिव्यक्ति र प्रकाशित समाचारका लागि जिम्मेवार रहेका कर्मचारीलाई कानून बमोजिम कारवाही गरिसकिएको छ ।”

उहाँका अनुसार मुख्य भूमिकामा रहेका कुनैपनि पदाधिकारी तथा कर्मचारीको त्यसमा संलग्नता छैन । आयोगसँग सम्वद्ध कुनैपनि व्यक्तिले प्रचलित कानून उलङ्घन गरी गल्ती र आचारण विरुद्धको कार्य गरेमा शून्य सहनशीलताको नीति अपनाईने समेत उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्