OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ५, २०८०सुदूरपश्चिम
२२४ पटक

 ५ असार २०८०, मंगलबार

बझाङमा जिल्लामा भएको गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

दुर्घटनामा मन्त्री सिंहसहित तीन जनाले ज्यान गुमाउनुभएको छ । दुर्घटनामा घाइते हुनुभएकी मन्त्री सिंहकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिनुभयो ।

उपचारका निम्ति बझाङबाट हेलिकप्टरमा मन्त्री सिंहलाई नेपालगञ्ज ल्याइएको थियो । उहाँसँगै नेपालगञ्जमा पुर्याइएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको जनाइएको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा आज दिउसो २ बजे तिर केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो ।

 

प्रतिकृया दिनुहोस्