OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ५, २०८०सुर्खेत
१२९ पटक

४ असार २०८०, मंगलबार

विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ ।

कर्णाली प्रदेशमा अस्तिदेखि सामान्य बदली सुरु भएपनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज कार्यकारी समितिको बैठकबाट विपद् पूर्वतयारीको कार्य योजना बनाएर राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउन आवश्यक छलफल तथा निर्णय गर्ने प्रदेश सरकारका प्रवक्ता एवं कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

“आन्तरिक मामिलामन्त्रीको अध्यक्षतामा आज कार्यकारी समितिको बैठक बस्दैछ,” उहाँले भन्नुभयो, “यसमा विषयगत मन्त्रालय तथा अन्य सरोकारवालाहरुको सहभागिता रहनेछ । कार्यकारी समितिको बैठक लगत्तै मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर त्यसलाई अनुमोदन गर्ने मन्त्री जिसीले बताउनुभयो ।

आन्तरिक मामिला सचिव ध्रुव घिमिरेले मनसुन नजिकिसकेकोले तत्काल विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर आज बिहान ११ः०० कार्यकारी समितिको बैठक राखिएको बताउनुभयो । सचिव घिमिरेले भन्नुभयो, “बैठकले विषयगत मन्त्रालय, सुरक्षा निकाय, साझेदार संस्था, नागरिक समाज र सञ्चार क्षेत्रले निभाउनु पर्ने भूमिका निर्धारण गर्नेछ ।”

मन्त्रालयका विपद् शाखाका प्रमुख कृष्णबहादुर राेकायले कर्णालीकाे भाैगाेलिक तथा प्राकृतिक प्रकाेपका कारण नागरिकमा पर्न जाने संकटबाट जतिसक्दाे कम गराउने ध्येयले  कार्यकारी समितिकाे बैठक बाेलाइएकाे बताउनुभयाे । उहाँका अनुसार बैठकले विपद् जाेखिम प्रतिकार्यका लागि क्षेत्रगत जिम्मेवारी ताेक्नेछ ।

प्रतिकृया दिनुहोस्