OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ २, २०८०सुर्खेत
१०८ पटक

२ असार २०८०, शनिबार

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसीले प्रकाशन विभाग पार्टीको महत्वपूर्ण अंग भएको बताउनुभएको छ ।

शनिबार प्रकाशन विभागका प्रमुख मोहन शाहीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रकाशन विभागको भूमिकाले नै पार्टीको संस्थागत विकासमा सहयोग पुग्ने जनाउनुभयो । “पार्टीमा संस्थागत प्रणाली हुनुपर्दछ,” उहाँले भन्नुभयो, “विधिमा हिडाल्न सकेमात्र पार्टी बन्दछ । वैज्ञानिक विधि अवलम्बन गरेर पार्टीलाई उत्पादनसँग जोड्न सकेमात्र समाजवादको आधार तयार हुन्छ ।”

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश ईन्चार्ज कालीबहादुर मल्लले सूचना र प्रविधियको युगमा पार्टीको सिपाहीको भूमिका निर्वाह गर्ने अग्रमोर्चा नै प्रकाशन विभाग भएको बताउनुभयो । “यस विभागले पार्टीले मुलुकको व्यवस्था परिवर्तनमा खेलेको भूमिका र ईतिहासलाई पूँजीकृत गर्न विशेष भूमिका खेल्नेछ,” उहाँले भन्नुभयो, “देशकै मुख्य भाग कर्णालीको इतिहास र योगदानबारे ओकल्नेछ ।” यसमा भने विभागले ठोस कार्यक्रम अगाडि बढ्नुपर्ने भन्दै त्यसमा पार्टीले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उक्त पहिलो बैठकले सुरजकुमार सिंहलाई विभागको सचिवमा मनोनयन गर्दै नियमित बैठकको कार्यतालिका, मुखपत्र प्रकाशन, पार्टीका विभिन्न प्रकाशन संकलन सम्बन्धमा आवश्यक निर्णय गरेको छ । मुखपत्रको नामका बारेमा कर्णाली प्रदेश समिति तथा त्यससँग जोडिएका सबैमा आह्वान गर्ने निर्णय गरेको छ । उक्त बैठक समापन गर्दै विभागका प्रमुख मोहन शाहीले विभागीय सदस्यहरुलाई जिम्मेवारी बोधका साथ अगाडि बढ्न सुझाउँदै निर्णयको अक्षरशः कार्यान्वयमा लाग्न निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस्