OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०८०सुर्खेत
९३ पटक

 

१ असार २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानसहितको बजेटसँग सम्बन्धित दुई विधेयक प्रदेशसभामा टेबुल गरिएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको एघारौं बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहलाई ‘कर्णाली प्रदेश आर्थिक विधेयक २०८०’ र ‘कर्णाली प्रदेश विनियिोजन विधेयक २०८०’ को एक÷एक प्रति सभासमक्ष टेबुल गर्न समय दिनुभयो ।

सभामुखले गुरुङले समय दिएसँगै आर्थिक मामिलामन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली २०७९, परिच्छेद १७ को नियम १३६ को उपनियम २ बमोजिम अनुसार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानसहितको बजेटसँग सम्बन्धित दुईवटा विधेयक सभामा टेबुल गर्नुभयो ।

प्रदेश सरकारको आगामी आव.को राजश्व र व्ययको अनुमान बजेटमाथिको सामान्य छलफलका लागि यही असार ४, ५ र ६ गते तोकिएको जनाउँदै उहाँले उक्त छलफलमा भाग लिने सदस्यहरुलाई सचिवलायमा नाम टिपाउन सूचना गर्नुभयो । सभाको बाह्रौं बैठक यही असार ४ गते सोमबार दिउसो ३ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्