OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०८०सुर्खेत
८४ पटक

१ असार २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट आज सार्वजनिक गर्ने भएको छ ।

प्रदेश सरकारले उत्पादन र रोजगारलाई प्राथमिकता राखेर बजेट ल्याउँदै छ । आगामी आव.का लागि भने गत वर्षको रु.३२ अर्ब ६१ करोड ६१ लाख बजेट भन्दा आकार बढेर आउने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष गत वर्षको भन्दा अलिकति बढ्छ । मुख्यमन्त्रीले लिएको प्रतिवर्ष १० हजार युवालाई रोजगारी दिने अभियान, राजश्व बढ्ने अनुमानलाई ध्यान दिएर बजेट अलि बढेर आएको छ ।”

जेठ ११ गते बनेका नीति, सिद्धान्त र प्राथमिकतामा टेकेर बजेट निर्माण भएको उहाँले बताउनुभयो । कर्णाली समृद्धि अभियानमार्फत आर्थिक समृद्धि गर्ने उद्देश्य राखेर उत्पादन र रोजगारीमार्फत स्वरोजगार वृद्धि गर्न विशेष प्राथमिकता दिइएको सचिव थापाले बताउनुभयो । रोजगारी र आर्थिक वृद्धि गर्ने लक्ष्य परिपूर्तिका लागि कृषि र पर्यटन समेतलाई प्राथमिकता राखेर बजेट ल्याइएको छ ।

कर्णालीको सबैभन्दा ठूलो समस्या बहुआयमिक गरिबी भएकोले त्यसको न्यूनीकरणका लागि रैथानेबालीको प्रवद्र्धन, उत्पादनमा वृद्धि र त्यसको बजारीकरण, पर्यटन एवं शिक्षाको गुणस्तर विकासका लागि प्रत्येक जिल्लामा एक नमूना विद्यालय कार्यक्रम पनि बजेटमा प्राथमिकता साथ ल्याइएको उहाँले बताउनुभयो । प्रदेश सरकारले आज अपरान्ह ४ः०० बजे बजेट सार्वजनिक गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्