OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३२, २०८०सुर्खेत
१०६ पटक

३२ जेठ २०८०, बिहीबार

सुर्खेतको भेरीगंगा नगरपालिका ५ हर्रेमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ ।

रत्न राजमार्गको छिन्चु–बबई सडक खण्डमा पर्ने हर्रे नजिकै कैलालीका प्रमुख जिल्ला अधिकारी युवाराज कटेल सवार गाडी र फोर्स गाडी एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो । सुर्खेतदेखि कैलाली जाँदै गरेका प्रमुख जिल्ला अधिकारी कटेल चढेको से.१.झ २६० नम्बरको स्कारपियो र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे.१.ख २४०८ नम्बरको फोर्स गाडी आज बेलुका ५ः०० बजे ठोक्किएको उहाँले बताउनुभयो ।

“दुर्घटनामा मानवीय क्षति नभएपनि गाडीमा क्षति पुगेको छ,” सूचना अधिकारी शाहीले भन्नुभयो, “स्करपियोमा सवार प्रजिअसहित सशस्त्र प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक रामहरी अधिकारी घटनास्थलमै हुनुहुन्छ । अर्को गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ जाने तयारी गरिँदैछ ।” प्रजिअ अन्तर जिल्ला सुरक्षा गोष्ठीमा सुर्खेत आउनुभएको थियो । फोर्स गाडीमा भने एकजना सामान्य घाईते भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्