OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३२, २०८०सुर्खेत
४५६ पटक

 

३२ जेठ २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि तथा पशुपक्षीजन्य उत्पादनमा लाग्ने सहकारीलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ र १३ जर्बुटामा स्थापित जनउच्चकोटी दुग्ध उत्पादन तथा संकलन सहकारीमा आवद्ध किसानहरुलाई आज भैसी हस्तान्तरण कार्यक्रममा उहाँले प्रदेश सरकारले उत्पादन जोड दिने सहकारीलाई लगानी गर्ने जनाउनुभयो । भैसी ब्लक कार्यक्रमअन्रतगत पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको रु.३० लाख र रु.३० लाख सहकारीमा आवद्ध किसानहरुको सहलगानीमा ४१ भैसी खरिद गरिएको थियो ।

“अब कर्णालीले भैसी खरिद गर्ने नभई बेच्ने गरी काम गर्नुपर्दछ,” मन्त्री शर्माले भन्नुभयो, “प्रदेश सरकारकाले कृत्रिम गर्भधानका लागि पनि बजेट छुट्याएको छ ।” भैसीपालक किसानहरुले भने खरिद गरिएका भैसीहरुमा आफुहरु ठगिएको भन्ने गुनासो गरेकोले त्यसको अनुगमन मूल्याङ्कन गर्न उहाँले निर्देशनालयलाई निर्देशन दिनुभयो ।

भैसीपालक किसान अस्मिता आचार्यले आफूलाई उपलब्ध गराएको भैसी कमसल परेको र खरिद कार्य पारदर्शी नभएको टिप्पणी गर्नुभयो । “मुर्रा क्रस भैसी बर्दियाबाट ल्याइयो तर मूल्य अनुसार आफैले छानेर ल्याउने वातावरण बनाइएन । यसले गर्दा हामी मर्कामा परेका छौं । ५० प्रतिशत अनुदान भन्ने गरियो तर सय प्रतिशत नै हामी आफैले लगानी गरेको अनुभूति भएको छ” उहाँले भन्नुभयो ।

उक्त सहकारीका अध्यक्ष बालकृष्ण जैसीले एक भैसीको न्यूनतम रु.एक लाख २३ हजारदेखि रु.एक लाख ७० हजारसम्म बजेट परेको जनाउनुभयो । “कति किसानलाई अलि कमसल भैसी परेको छ,” उहाँले भन्नुभयो, “उनीलाई मर्कामा नपार्न कमसल खालका भैसी हामी चाँडै फिर्ता पनि गर्छौं ।” अध्यक्ष जैसीका अनुसार सहकारीमा आवद्ध र सक्रिय भैसीपालक किसानलाई छानेर मात्र २५ जनालाई भैसी उपलब्ध गराइएको छ ।

पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक कृष्णप्रसाद पंगेनीले सहकारीसँग आवद्ध भैसीपालक किसानहरुलाई भैंसीका लागि चाहिने घाँस, खोप, आन्तरिक परजीवि निवारण तथा प्राविधिक सहयोग गर्ने बताउनुभयो । सहकारी आफैले खरिद तथा अनुगमन समिति गठन गरी खरिद गरेको यद्यपि अनियमितता भएको गुनासो आएको खण्डमा निर्देशनालयबाट अध्ययन गरिने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्