OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना कुमारी शाही जेठ २८, २०८०सुर्खेत
१५० पटक

२८ जेठ २०८०, आइतबार

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका ४ राँचुली गाउँस्थित तिला नदीमा एकै चिहान भएका १३ मृतकका परिवारलाई रु.२६ लाखको चेक हस्तान्तरण गरिएको छ ।

विसं.२०७९ असोज २३ गते आएको बाढीले मलामी गएका उनीहरुलाई पुरेको थियो । विपद्बाट ज्यान गुमाएका उनीहरुलाई कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनम मन्त्रालय र राष्ट्रिय वीमा कम्पनी लिमिटेडको सहकार्यमा गरिएको सामुहिक विपद् दुर्घटना बीमाअन्तरगत चेक हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारका कानूनमन्त्री कृष्णबहादुर जिसीले राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज बिसीको सहयोगमा सामुहिक दुर्घटना बीमा चेक हस्तान्तरण आज मृतकका आफन्त खड्गराज शाहीलाई गर्नुभएको हो । चेक हस्तान्तरण गर्दै उहाँले कर्णालीमा विपद् जोखिम दुर्घटना बीमा प्रभावकारी बन्दै गएको र पीडित परिवारका लागि राहत दिएको बताउनुभयो ।

पीडितहरुले सरकारसँग धाईरहने र सरकारले पीडितका पक्षमा राहत दिँदा झञ्जटिलो भएको अवस्थालाई सहज बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री जिसीले भन्नुभयो, “आगामी दिनमा घाईतेहरुलाई पनि उपचार गर्ने गरी कार्यविधि बदल्छौं । दुर्घटना बीमाको सेवालाई विस्तार गर्नेगरी हामीले कम्पनीसँग पछि छलफल पनि भएको छ ।”

मलामी गएको बेला गत असोज २३ गतेको बाढीमा परी राँचली गाउँका मानबहादुर शाही, खगेन्द्रबहादुर शाही, अलि शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही (डी) नरेशबहादुर शाही, छत्रजंग शाही, परबहादुर शाही र मोतिलाल शाहीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्