OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीजेठ २८, २०८०सुर्खेत
२४३ पटक

२८ जेठ २०८०, आइतबार

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आज आयोजित ‘पशुपन्छी औषधी व्यवसायीहरुको लागि ३५ दिने औषधी व्यवस्थापन सम्बन्धी तालिम’ उद्घाटनमा मन्तव्य व्यक्त गर्दै उहाँले यहाँको कृषि र पशु क्षेत्रको विकासमा नीजि क्षेत्रको लगानी जरुरी रहेको जनाउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “माथिल्लो क्षेत्रमा चौरी च्याङ्ग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवद्र्धन र पशुको स्वास्थ्य सेवामा नीजि लगानी हुनुपर्दछ । स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषिधी उपचार प्रद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको व्यवस्थापनमा र नियमन गर्ने तालिमको मुख्य उद्देश्य हो ।”

शैक्षिक प्रमाणपत्र सबै कुरा नहुने जिकिर गर्दै उहाँ पशु स्वास्थ्यमा सैद्धान्तिक र व्यवहारिक ज्ञानको पनि त्यतिकै महत्व हुने भएकोले पशुपन्छीमा हुने माहामारी रोकथाम तथा रोग परीक्षण औषधि सिफारिसमा देखिएका समस्या सामाधान गर्न तथा नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्