OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना कुमारी शाही जेठ २३, २०८०सुर्खेत
१६३ पटक

२३ जेठ २०८०, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरेन्द्रनगर सुर्खेतबाट खप्तड प्रस्थान गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गंगा दशाहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज सुर्खेतबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । विशेषगरी मंगलबार र बुधबार उक्त मेला लाग्ने गर्दछ । त्यहाँ रहेको खप्तड राष्ट्रिय निकुञ्जले भने बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ ।

खप्तड क्षेत्र भू–स्वर्गको उपमाले पनि चिनिने गर्दछ । प्रधानमन्त्री प्रचण्डसँगै मेला उद्घाटनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पराराष्ट्रमन्त्री एनपी साउद खप्तड प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बिहान भने प्रधानमन्त्रीले यही जेठ १६ गते महेन्द्र राजमार्गअन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका ८ ठुडिया खोला नजिकै खड्का सवार गाडीलाई बसले ठक्कर दिँदा निधन हुनुभएकी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका माईली भाईबुहारी स्व.डा.सञ्जु खाती खड्काप्रति सुर्खेत वीरेन्द्रनगर पुगेर हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्