OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २३, २०८०
३०० पटक

२३ जेठ २०८०, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका माईली बुहारी स्व.डा.सञ्जु खाती खड्काप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

आज रक्षामन्त्रीकै घर वीरेन्द्रनगर सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले स्व.खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । त्यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिवंगत खड्काप्रति श्रद्धाञ्जली अर्पण गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।

यही जेठ १६ गते महेन्द्र राजमार्गअन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका ८ ठुडिया खोला नजिकै खड्का सवार गाडीलाई बसले ठक्कर दिँदा उहाँको निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्