OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २२, २०८०काठमाडौं
४४८ पटक

२२ जेठ २०८०, सोमबार

कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त सदस्य ऋषि खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले नवनियुक्त सदस्य खनाललाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको यही जेठ १४ गतेको बैठकले खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । खनाल मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेज्मेन्ट कार्यरत हुनुहुन्छ ।

व्यवस्थापन तथा जनप्रशासनमा स्नातकोत्तर गरेको बताउँदै उहाँले हाल पिएचडी अध्ययन कार्यलाई अगाडि बढाएको बताउनुभयो । सदस्य खनाल वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत निवासी खनाल कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख दुर्गाकेशर खनालका छोरा हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्