OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०८०जुम्ला,
१८० पटक

जुम्ला, जेठ १९ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जना महिलाको मृत्यु भएको छ । अन्य ५३ जना बिरामी परेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइका अनुसार भाईरल ज्वरोले गत जेठ ६ गते एक जनाको मृत्यू भएको र अन्य विरामी परेका बताउनुभयो ।

उहाँका अनुसार ५३ जना मध्ये ८ जना अलि गम्भीर प्रकृतिका थिए । त्यसमा दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अहिले उनीहरु दुई जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनस्वास्थ्य निरीक्षक सुमाइले बताउनुभयो । बिरामीमा ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखा परेको छ । उक्त वडामा अहिले फेरि प्रतिष्ठानका डा. विशाल रोकायासहित दुई जनाको टोली खटिएको छ । यता जनस्वास्थ्य कार्यालयले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको सुमाइले जानकारी दिनुभयो ।

कर्णाली प्रतिष्ठान र जनस्वास्थ्यको टिम पनि परिचालन :

भाईरल ज्वरो फैलिएको जानकारी प्राप्त भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिम सो क्षेत्रमा गई फर्किएको छ, डाक्टर विशाल रोकाया र हेल्थ असिष्टेन्टको नेतृत्वमा टोली त्यहाँ पुगेर उपचार गरि फर्किएको प्रतिष्ठानका डाक्टर तुफान कठायतले जानकारी दिनुभयो । एकजनाको मृत्यू भई संक्रमण फैलिएको खबर प्राप्त भएपछि प्रतिष्ठानको टिम त्यहाँ पुगेर उपचार गरि फर्किएको जानकारी दिनुभयो । प्रतिष्ठानका स्वास्थयकर्मी रमेश काफ्लेका अनुसार आफुहरु त्यहाँ पुग्दा मानिसहरु ढलिरहेका देखिन्थे, स्थानीय स्वास्थ्य सस्थाले उपचार गरिरहेको पाईएको छ, विरामीहरुलाई घाटी दुख्ने, टाउको दुख्ने, हातखुट्टा दुख्ने लक्षणहरु छन् ।

गाउँभरी नै अहिले भाइरल ज्वरोको सक्रमण बढेपछि भाइरल ज्वरो प्रभावित क्षेत्रमा जनस्वास्थ्यको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार स्वास्थ्यकर्मीहरु विरेन्द्र उपाध्याय, लालबहादुर बुढ्थापा, लंकराज धिताल र श्रीवहादुर रावल सहितको टोली खटिएको छ । स्वास्थ्यकर्मी लंकराज धितालले आफुहरु ५ जनाको टिमले सो गाउँका एकसय जनालाई परीक्षण गरिएको बताउनुभयो ।

कनकासुन्दरीको वडा नम्बर ७ वडामा १ सय १५ घरधुरी छन् । अहिले प्रत्येकको घर घरमै पुगेर स्वास्थ्यकर्मीले चेकजाँच गरिएका छन् । स्थानीयको स्वास्थ्य चेकजाँच र औषधि उपचार भइरहेको जनस्वास्थ्य कार्यालय जनाएको छ । गाउँमा बिहान बेलुका सुख्खा हावाहुरी चल्ने र मौसम परिवर्तनको समयमा रुघाखोकी ज्वरो, टाउको दुख्ने लगायतका समस्या देखिने भएकाले यसबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्