OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०८०सुर्खेत
१५९ पटक

१३ जेठ २०८०, सोमबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औं गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

उहाँले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दिदीबहिनी–दाजुभाईहरुमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गर्नुभएको हो । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले झण्डै अढाइ सय वर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन सबैका लागि स्मरण गर्नलायक भएको बताउनुभयो ।

दश वर्षे जनयुद्ध, १९दिने जनआन्दोलनबाट देशमा विद्यमान विभेद, शोषण, दमनमा परेका वर्ग, जाति उपेक्षित क्षेत्रका उत्पीडित जनसमुदायको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति श्रद्धाञ्जली एवं बेपत्ता घाईत, अपाङ्ग योद्धाहरुको उच्च सम्मान गर्दै उहाँले भन्नुभएको छ, “ करोडौं नेपाली जनताको त्याग एवं बलिदानबाट नागरिकको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ । ती अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढनु आजको आवश्यक्ता हो । दिवसले हिमाल, पहाड, मधेस, तराईबीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न प्रेरित गरोस् भन्ने सदिच्छा प्रकट गर्दछु ।”

प्रदेश प्रमुख परियारले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधिनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उर्जा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्