OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १३, २०८०काठमाडौं
६५६ पटक

१३ जेठ २०८०, शनिबार

नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाही ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

काठमाडौं शंखरापुर नगरपालिकाको साक्व रिसोर्टमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औं साधारणसभा तथा २१औं कृष्ण सेन ‘ईच्छुक’ स्मृति दिवसको अवसरमा उपाध्यक्ष शाही पुरस्कृत हुनुभएको हो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट उक्त पुरस्कार प्रदान गरिएको थियो ।

युगान्तकारी परिवर्तनको गौरवमयपथमा प्रतिवद्ध रहेको बखत बेपत्ता पारिएका पत्रकाहरुको सम्मानमा प्रेस सेन्टरले स्थापना गरेको ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’बाट उहाँलाई रु.३० हजार नगद एवं सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।

प्रेस सेन्टरले प्रदान गर्ने उत्कृष्ट तीन पुरस्कार मध्य ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ एक पर्दछ । रु.५० हजारको कृष्णसेन ईच्छुक पत्रकारिता पुरस्कार भने प्रेस सेन्टरका सस्थापक तथा सल्लाहकार खिलराज भण्डारीलाई प्रदान गरिएको छ । यसैगरी ३० हजार राशीको ‘शक्तितारा स्मृति पत्रकारिता पुरस्कार’ जहाज दुर्घटनामा निधन भएका प्रेस सेन्टरका केन्दीय उपाध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सदस्य स्वर्गीय त्रिभुवन पौडेललाई मरणोपरान्त प्रदान गरिएको छ ।

समाज रुपान्तरणको अभियानमा विकट भूगोल एवं ग्रामीण क्षेत्रबाट कलम चलाएर खेलेको भूमिकाको कदर गर्दै प्रेस सेन्टर नेपालले उहाँलाई पुरस्कृत गरेको छ । उपाध्यक्ष शाही थाहा खबर अनलाइन, थाहा संञ्चार रेडियो, महिला जागरण अनलाइन, सन्धान अनलाईन, कर्णाली खबर, न्यूज कारखाना, डब्लुडब्लुजेलगायतका नेपालका विभिन्न मिडियमा काम गर्दै आउनुभएको छ ।

त्यस्तै सात प्रदेशका उत्कृष्ट पत्रकारहरु मध्य प्रेस सेन्टरको नीति, विधि र विधानलाई आत्मसात गरी संगठनको बिरासत एवं गरिमालाई उँचो राख्दै जनपक्षीय पत्रकारिता र समाज रुपान्तरणको अभियान महत्वपूर्ण भूमिका खेलेको भन्दै कर्णालीबाट रातोपाटी कर्णाली प्रदेश ब्यूरो प्रतिनिधि पंखबहादुर शाही, काेशी प्रदेशबाट अर्जुुन आचार्य, मधेश प्रदेशबाट आशिष विक, बागमती प्रदेशबाट संगीता डेम्जोङ, गण्डकीबाट सविना प्रजा, लुम्बिनीबाट कमल रायमाझी र सुदूरपश्चिमबाट तेजराज भट्ट सम्मानित भएका छन् । उनीहरुलाई जनही रु.पाँच हजार नगदसहित उत्कृष्ट क्रियाशील पत्रकारको रुपमा सम्मान गरिएकाे छ ।

त्यस्तै, उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठानबाट नरेश ज्ञवाली, एशोसियटबाट विजय आवाज सुवेदीलाई सम्मान गरिएको छ । उनीहरुलाई ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो । सर्वोत्कृष्ट प्रदेशको रुपमा उपत्यका प्रदेश समिति तथा जिल्लाहरुमा सुनसरी, मकवानपुर र बाँकेलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।

पुरस्कार छनोट समितिमा वरिष्ठ उपाध्यक्ष कमल गिरी संयोजकत्व तथा सदस्यहरुमा लेखनाथ न्यौपाने र गंगा बराल हुनुहुन्थ्यो । मेची–महाकाली साइकल यात्रा गरेकी प्रेस सेन्टरकी केन्द्रीय सदस्य रिता बुढाथोकीलाई कदरपत्र प्रदान गरिएको छ । जनयुद्धकालमा शंखरापुर क्षेत्रबाट शहादत प्राप्त गरेका किरण दंगाल र वेपत्ता पारिएका ध्रुव दंगाल, देवराज दंगाल, आइत तामाङको परिवारलाई पनि सम्मान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्