OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १०, २०८०सुर्खेत
१०५ पटक

१० जेठ २०८०, बुधबार

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघीय व्यवस्था र आन्दोलनको उपलब्धि रक्षा गर्न प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पाँचौँ साधारणसभामा बोल्दै मुख्यमन्त्री शर्माले संघीयताको वर्तमान विकास मोडल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको विकास अभ्यास व्यवस्था बमोजिम नभएको उहाँको भनजाई थियो ।

मुख्यमन्त्री शर्माले भन्नभयो, “हामीले गरेको आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिहरु माथि प्रहार भइरहेका छन् । ती उपलब्धिको रक्षा र अहिलेको व्यवस्था अनुसार विकास नमूना परिवर्तन गर्न आवश्यक छ ।” उहाँका अनुसार संविधानको मर्म बमोजिम संघीयता लागू भएको छैन । यसबाट उब्जेका समस्याहरु चिर्नका लागि सबै तहको भूमिका आवश्यक रहेको छ ।

अहिलेको व्यवस्थाप्रति नकारात्मक प्रवृत्ति हावी भएको प्रतिक्रिया दिँदै उहाँले त्यसलाई परास्त गरी सताको औचित्य पुष्टि गर्न लागिपरेको जनाउनुभयो । सोही क्रममा उहाँले अहिलेको शिक्षा प्रणाली समय सुहाउँदो नभएकोले शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले नयाँ व्यवस्था आउनुमा प्रेस सेन्टर नेपालको योगदान रहेको जनाउनुभयो । उहाँले वर्तमान सरकारले मिडिया विकास कोष, पत्रकार कल्याणकारी कोष, महासंघको भौतिक संरचना निर्माणमा जोड दिएको जनाउँदै आमसञ्चार विधेयक अगाडि बढाउन थालिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्