OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०८०सुर्खेत
११४ पटक

६ जेठ २०८०, आइतबार

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनताको बीचमा विचारको बीउ रोप्न मेची–महाकाली अभियान थालिएको बताउनुभएको छ ।

जनमोर्चा सुर्खेत जिल्लाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव भट्टले अमेरिकी साम्राज्यवादी नीतिविरुद्ध जनतालाई सचेत गराउन १५ दिने अभियान थालिएको बताउनुभयो । “हामीले जेठ १–१५ गतेसम्मको देशैभरि पुग्नेगरी अभियान सुदुरपश्चिम र बाग्लुङबाट थालेका छौं,” उहाँले भन्नुभयो, “सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आईपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ ।”

एमसीसीका नाममा अमेरिकाले नेपालमा आफ्नो प्रभाव बढाईरहेको र हिन्द प्रशान्त रणनीतिमा संलग्न गराउन बाध्य पार्न खोजेको भन्दै महासचिव भट्टले त्यसको दुश्परिणामबाट नेपालको अस्तित्वमा नै खतरामा जान थालेको बताउनुभयो । अमेरिकी साम्राज्यवादका विरुद्ध नेपाली जनता जाग्नुपर्नेमा जोड दिनुभएका उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी गुप्तचर संस्थाको ईशारामा बनेको आरोप लगाउँदै सो पार्टी मुलुकको वैकल्पिक शक्ति हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले नेपाललाई हिन्दु राज्य बनाउन विभिन्न दलका नेता, विशेषगरी राजा र राप्रपाले विदेशीहरुबाट पैसा खाईरहेको दोषारोपण गर्नुभयो । महासचिव भट्टले नेपालको उच्च पदस्थ सबै व्यक्तिहरु भारतलगायतका देशहरुको प्रभावमा नियुक्त हुने कुरासमेत पत्रकार भेटघाटमा राख्नुभएको थियो । सन् १९५० मा नेपालमा ५० जना क्रिश्चियन र दुई चर्च भएकोमा हाल नेपालमा १७ हजार चर्च र ३० लाख भन्दा बढी क्रिश्चियनहरु हुनुमा अमेरिकी साम्राज्यवादी नीतिको परिणाम भएको उहाँले जनाउनुभयो ।

महासचिव भट्टले अमेरिकाले नेपालको उन्नति भन्दा चीनको चलखेल रोक्न आफ्ना गतिविधिहरुलाई सघन बनाएको आरोप लगाउनुभयो । उहाँको अनुसार चीनको कारण नेपालको अस्त्वित कायममा सहयोग पुगेको छ । अब नेपाली जनताको दबाबमा अमेरिकी कदम रोक्नुपर्दछ । सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागतयोग्य भएपनि त्यसको गन्तव्य कहाँ भन्ने एकिन नभएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्