OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ७, २०८०जुम्ला,
१५२ पटक

जेठ ६ गते । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले यस बर्षको कार्यालयले लिने उद्यमीलाई उपलब्ध गराउने सामग्री हस्तारण गरेको छ ।
कर्णाली प्रदेश सरकार उद्योग वन तथा पर्यटन मन्त्रालयको सहयागमा कार्यालयले यस बर्षको कार्यक्रम अनुसार १० वटा उद्योगलाई उपयूक्त प्रविधि हस्तान्तरण सामग्री उपलब्ध गराएको छ । प्रक्रियामा गएर छनौट भएका उद्योगले खरिद गरेर ल्याएको सामग्री जिल्ला कार्यालय बसपार्कमा स्थानीय प्रशासन, पत्रकार महासंघ र उपभोक्ताको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको छ ।

यसैगरी ६ वटा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरु प्रवर्धन गर्ने उद्देश्यले सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
उपयूक्त प्रविधि हस्तान्तरणमा सिलाई कटाईका सामग्री, जेनेरेटर, फर्निचर प्रविधि सामग्री, ढाका वुनाई सम्वन्धी सामगी लगायतका विभिन्न उपयूक्त प्रविधिका सामग्री प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाबाट हस्तान्तरण गरिएको छ ।

विगतका बर्षहरुमा सम्वन्धीत उद्योगमै सम्वन्धीत व्यक्तिले खरिद गर्ने र कार्यालयले अनुगमन गर्ने भएपनि सामग्री नल्याईदिने जस्ता काम भएकाले यो बर्ष कार्यालयबाटै हस्तान्तरण गरिएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । उहाँका अनुसार प्रक्रियामा आएर छनौट भएका १८ वटा उपयूक्त प्रविधि हस्तान्तरण कार्यक्रम मध्य १० जनाले मात्रै सामग्री खरिद गरेर ल्याउन सफल भएका बताउनुभयो ।

१० जना मध्य सौभाग्य सिलाई कटाई टेडिङ सेन्टर (तारा थापा रावत), हाम्रो फर्निचर उद्योग विसु सार्की, हिमालयन गार्मेन्ट उद्योग अम्विका श्रेष्ठ, चर्मादेवी फर्निचर उद्योग ( टंक अधिकारी), निसान कुटानी पिसानी उद्योग नविन डाँगी, कुलदेव फर्निचर उद्योग एकराज सार्की (नेपाली), रारा फर्निचर उद्योग प्रविन श्रेष्ठ, बुरु मष्टो ढाँका वुनाई उद्योग भगवति रावत सहित १० वटा रहेका छन् ।

यसैगरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरु प्रर्वद्धन कार्यक्रम अन्तरगत शान्ति हिमाली चिया मसला उद्योग (बृर्ष सार्की), जौमति काष्ठकला उद्योग( खुम्वीलाल सार्की), हिमालयन फर्निचर उद्योग धनपति कामी, सृजनशिल कुटानी पिसानी, पेलानी उद्योग रुगविणी रावल, हाम्रो फर्निचर उद्योग (गोर्खबहादुर थापा), एमडि स्याउ तथा सिमी प्रशोधन उद्योग (मुनबहादुर डाँगी) रहेका छन् ।

उपयूक्त प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मानिसहरु वेरोजगार भईरहेको समयमा उद्योगमा लगानी गर्ने काम महत्वपूर्ण रहेको भन्दै प्रविधिको उपयूक्त प्रयोग गर्न उद्यमीलाई निर्देशन दिनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले राज्यले उद्यमीलाई दिएको अनुदान महत्वपूर्ण रहेको भन्दै यसको प्रयोग गरेर उद्यगमा सफलता दिनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्