OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ४, २०८०जुम्ला
२०१ पटक

जेठ ४ गते । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर १ का शत प्रतिशत वालवालिका विद्यालयमा भर्ना भएका छन् ।
मंगलवार मालिका मावि धापामा आयोजना गरिएको कार्यक्रममा ४ देखी १६ बर्षका सवै वालवालिकाहरुको विद्यालयमा पहुँच पुगेको घोषणा गरिएको छ । सिंजा गाउँपालिकाको आयोजना तथा विभिन्न साझेदार निकायको सहयोगमा वडापालिकाका सवै वालवालिका विद्यालय वाहिर घोषणा गरिएको हो ।

गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्य, सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकाया, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिर, प्लान नेपालका एशिया क्षेत्रका निर्देशक रामकिसन सहितका अतिथि, वडापालिकाका सवै विद्यालय, स्थानीय र सरोकारवाला निकायको उपस्थितिमा सिंजा गाउँपालिकाको वडानम्बर १ लाई शतप्रतिशत वालवालिका विद्यालय जाने घोषणा गरेका छ ।

सिंजा गाउँपालिका १ अन्तरगत ४७७ घरधुरीका ८६५ जना वालवालिका तथा सवैवालवालिका विद्यालय पहुँमा रहेका रहेका छन् । जसमा मालिका मा.वि धापामा ७४८ जना वालवालिका, देउराली आ.वि डिग्रामा ७० वालवालिका, कुलदेव आ.वि प्याकुरेवाडामा ४७ जना विद्यार्थी रहेका छन् ।

विद्यालयको पहुचमा शतप्रतिशत वालवालिका घोषणा कार्यक्रममा गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले वालवालिकालाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र विकाउने सिद्धान्तनुसार सवैको प्रथामिकता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जुम्लाले कर्मचारीतन्त्रमा ठूलो फड्को मारेको भन्दै अझ शिक्षाको आधार वलियो वनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सिंजा क्षेत्रका सवालमा तिनै वटा तह एक स्थानमा भएर उभिनुपर्नेमा जोड दिनुभयो । सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले सिंजाले १ नम्बर वडाबाट सवै वालवालिका विद्यालयमा रहेको घोषणा गरेकाले यसको निरन्तरता गाउँपालिकाभरीको प्रयास गरिनुपर्नेमा जोड दिनुभयो । प्लान नेपालका एशिया क्षेत्रका निर्देशक रामकिशनले प्लानले शिक्षा क्षेत्रमा अझै वालवालिका क्षेत्रमा प्रथामिकतामा जोड दिदै आएकोमा बताउदै जुम्लामा शिक्षा क्षेत्रमा भएको प्रगतिको प्रशंसा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले शिक्षालाई प्रथामिकता दिएमा हाम्रो जीवनको महत्व त्यसैमा हुने बताउनुभयो ।

सिंजा गाउँपालिका १ का अध्यक्ष हरिनन्द आचार्यको अध्यक्षतामा सम्पन्न सभामा सिंजा गाउँपालिकाका प्रवक्ता तथा सामाजिक शाखा प्रमुख तिर्थवडले सरकारको सवैका लागि शिक्षा निति अनुसार सिंजा गाउँपालिकाले यो अभियान शुरु गरेको बताउदै शिक्षा क्षेत्रमा प्रथामिकता रहेको बताउनुभयो । मालिका मावि धापाका प्रधानाध्यापक परेक खत्रीले सवै वालवालिका विद्यालयमा भएको ऐतिहासिक दिन भएकाले यो अभियान सफल पार्ने सवै निकायलाई ध्रन्यवाद ज्ञापन गर्नुभयो ।

घोषणासभामा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, स्थानीय राजनैतिकदल, शिक्षाप्रेमीले शुभकामना सहित वडा नम्बर एकमा सवैवालवालिका पहुँच पुगेको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । घोषणा कार्यक्रममा वालवालिका स्थानीय आमा समुहले स्थानीय देउडा तथा नाच प्रर्दशन समेत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्