OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०८०जुम्ला
१६६ पटक

२९ बैशाख २०८०, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तरगत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका १० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाई छिपाई राखेको सूचना प्राप्त गरेलगत्तै त्यहाँ पुगेको प्रहरीले तीन नाल बन्दुकसहित सोही नगरपालिका १० का ४५ वर्षीय जगतबहादुर खत्री, ५७ वर्षीय हस्तबहादुर नेपाली र ६० वर्षीय टेकबहादुर बयकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जनाएको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत हिलेखालीस्थित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १ का २९ वर्षीय गणेश थापा, २ का २३ वर्षीय तपेन्द्र शाही र १० का २१ वर्षीय निरज रानामगर रहेको बताईएको छ । उनीहरुबाट २ पुडिया ब्राउन सुगरजस्तो देखिने खैरो धुलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्