OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २८, २०७७जुम्ला
४९१ पटक

जुम्ला , वैशाख २८ गते । हुम्लामा करेन्ट लागेर दुवै हात काम नलाग्ने बालक भक्तराज बुढाथोकीको उद्दार गरिएकाे छ । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले हेलकाेप्टरबाट जुम्लाा ल्याउनु भएकाे छ । मन्त्री रावल जुम्लाबाट कर्णाली प्रतिष्ठानकाे चिकित्सककाे टाेलि लिएर हुम्ला लाग्नु भएकाे थियाे । बालक बुढाथाेबीकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले निःशुल्क रुपमा उपचार समेत गर्ने भएको छ । आर्थिक अभावले जिल्ला अस्पतालले रिफर गरेको भएपनि बन्दाबन्दीमा थप उपचार गर्नभन्दा पनि गाउँमा लगिएका बालक बुढाथोकीको अवस्थालाई मध्यनजर राख्दै प्रतिष्ठानले निःशुल्क उपचार गर्ने भएको हो ।
प्रतिष्ठानका निर्देशक डा. मगंल रावलले निजको निःशुल्क उपचार गर्ने प्रतिक्रिया दिनुभएपछि हेलिकप्टरबाट उद्धार भएको हो । घाइते बालक अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इमरजेन्सीमा भर्ना गरिएको र उहाँको अप्रेशनको तयारी भइरहेको प्रतिष्काठानका निर्देशक डा. रावलले बताउनुभयो ।

बालक बुढाथाेकी सर्केगार्ड गाउँपालिका वडा नम्बर ६ को बराई गाउँनिवासी हुन् । गाउँपालिकामा रहेको तल्छडी जलविद्युुत योजनामा विद्युुत छोडिएको र बन्दाबन्दीले विद्यालय बन्द हुँदा गाई चराउन गएका सात वर्षका बालक बुढाथाेकीको विद्युतको तार छुने क्रममा करेन्ट लागेको थियो ।
घटनाको चार दिनपछि वैशाख २ गते जिल्ला अस्पतालमा ल्याएर उपचार गरिए पनि जिल्लामा उपचार हुन नसक्ने निष्कर्षमा अस्पताल पुगेको थियो । अहिले जुम्लामा उपचार भहेकाेछ ।

प्रतिकृया दिनुहोस्